+
+
Shares

जसपाले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने, विपक्षमा पनि भाेट नहाल्ने

अनलाइनखबर अनलाइनखबर
२०८० असार १४ गते १४:३८
फाइल तस्वीर

१४ असार, विराटनगर। जसपाले कोशी प्रदेशमा तटस्थ बस्ने निर्णय गरेको छ । आज बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीको तयारी छ।

जसपा दलको बैठकले विश्वासको मत नदिने र विपक्षमा पनि मतदान नगरी तटस्थ बस्ने निर्णय गरेको हो।

जसपा कोशी प्रदेश अध्यक्ष दीपक याख्खाले तटस्थ बस्ने निर्णय भएको बताए । ‘हामी पहिचानको आन्दोलनमा छौ, मतदान प्रक्रियामा सहभागी हुन्नौं, उनले भने,´पार्टी प्रदेश कमिटी र संसदीय दलको निर्णय यही हो।`

पुस २५ गते कार्कीको नेतृत्वमा सरकार गठन हुँदा एक सांसद रहेको जसपाबाट निर्मला लिम्बू स्वास्थ्य मन्त्री बनेकी थिइन्। जेठ १७ गते जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

जेठ २३ गते माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि कार्की अल्पमतमा परेका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?