+
+

कोशीको प्रदेश सभामा बजेट अध्यादेश पेश

अनलाइनखबर अनलाइनखबर
२०८० असार १४ गते १५:०९

१४ असार, काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभा बैठकमा बजेट अध्यादेश पेश गरेका छन् ।

आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका कार्कीले जेठ ३२ गते अध्यादेशबाट बजेट ल्याएका थिए ।

अल्पमतमा परेपछि जेठ ३१ गते बजेट अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याएका थिए ।

बिहीबारबाट सुरु तेस्रो अधिवेशनको पहिलो बैठकमा बजेट अध्यादेश पेश गरेका हुन् ।

अध्यादेश पेश गर्ने क्रममा उनले जेठ २३ गते माओवादी केन्द्रले विश्वासको मत झिकेपछि अध्यादेशबाट बजेट ल्याउनु परेको बताए ।

जेठ ३१ गते नीति तथा कार्यक्रम ल्याएर संविधानको प्रयोग गरेर अध्यादेशबाट बजेट ल्याएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?