+
+

इलाममा योगेश भट्टराईलाई आन्दोलनरत पक्षको अवरोध

अनलाइनखबर अनलाइनखबर
२०८० असार १४ गते १६:२१

१४ असार, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईलाई इलाममा पहिचान पक्षधरले अवरोध गरेका छन् ।

कोशी नामकरणको विपक्षमा आन्दोलनरत पक्षले एमाले नेता भट्टराई चढेको गाडीलाई इलाममा रोकेका हुन् ।

उनीहरुले भट्टराईविरुद्ध नाराबाजी पनि गरेका थिए । कोशी नामकरणविरुद्ध आन्दोलनमा रहेको समूहले नामकरणको पक्षमा रहेका व्यक्ति र सांसदविरुद्ध प्रदर्शन, नाराबाजी र अवरोध गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?