+
+

कपिलवस्तुमा बस दुर्घटना हुँदा ६ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८० असार १५ गते ९:१०

१५ असार, काठमाडौं । बझाङबाट काठमाडौं आउँदै गरेको यात्रु बस कपिलवस्तुमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । ना ६ ख १३३९ नम्बरको बस आज बिहान पाँच बजे शिवराज नगरपालिका–३ देउराली मोडमा दुर्घटना भएको हो ।

घाइतेहरुको चन्द्रौटास्थित सन्जिवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता एवम् डिएसपी निमबहादुर घलेले जानकारी दिए ।

‘२ महिला र ४ जना पुरुष घाइते छन्,’ डिएसपी घलेले अनलाइनखबरसँग भने, ‘दुई जना घाइतेको अवस्था मध्यम खालको थियो । उपचारपछि अहिले सामान्य छ ।’

उनका अनुसार बसमा ४० जना यात्रुहरु थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?