+
+

जन्मको दुई दिनपछि नै कसरी करोडपति बनिन् यी बालिका ?

अनलाइनखबर अनलाइनखबर
२०८० असार १५ गते १४:२०

भनाई नै छ कि कतिपय मानिसहरु सुनको थालीमा सुनको चम्चाले नै खाएर हुर्किने भाग्य लिएर जन्मिएका हुन्छन् । एकजना बालिका जन्मेको दुई दिनमै करोडपति भएर त्यो भनाइलाई पुष्टि गरिदिएकी छिन्। उनी एक झट्कामै करोडपति बनेकी छिन् । आलिशान महल, घरमा नोकरचाकर, महंगका कारदेखि सबै सम्पत्ति उनकै नाममा भएको छ ।

जन्मेको ४८ घण्टामै ती बालिकालाई उनका हजुरबुवाले सारा सम्पत्ति उनको नाममा गरिदिए। उनले नातिनीको नाममा ८० करोड रुपैयाँ भन्दा धेरैको कोष पनि खडा गरिदिएका छन्।

डेलीमेलको रिपोर्ट अनुसार अमेरिकाका बेरी ड्रिविट बार्लो नामका व्यक्तिकी छोरी सेफ्रन ड्रिविट बार्लोले हालै एक छोरी जन्माइन्। नातिनीको जन्म पश्तात् उनले इन्स्टाग्राममा बच्चीको फोटो शेयर गरेर खुसी मनाएका थिए। त्यसपछि उनले नातिनीलाई करोडौँका भवन तथा सम्पत्तिका साथै कोष पनि खडा गरिदिए।

५१ वर्षका बेरीले झण्डै १५ करोड रुपैयाँको एक आलिशान महल तथा ८० करोड रुपैयाँभन्दा धेरैको कोष स्थापना गरिदिए। बेरीले अघिल्लो हप्तामात्रै उक्त महल खरीद गरेका थिए। अब नातिनीको हिसाबले उनले घरको इन्टेरियर डिजाइन गर्नेछन्।

व्यवसायी बेरीले इन्स्टाग्राममा आफू एक कलाकार पनि भएको बताएका छन्। एक रिपोर्ट अनुसार उनी करीब ३० अर्ब रुपैयाँ सम्पत्तिका मालिक हुन्। आफ्ना परिवारजनलाई करोडौँका उपहार दिने कारणले गर्दा उनी बेलाबेलामा चर्चामा आउँछन्। उनले गतवर्ष ४० लाख पाउण्ड उपहारमा खर्च गरेका थिए। उनले क्रिसमसमा पनि निकै धेरै खर्च गर्दछन्।

बेरी समलिंगी पुरुष हुन्। सन् १९९९ मा सरोगेसीको माध्यमबाट उनले जुम्ल्याहा सन्तान जन्माएका थिए। त्यसपछि सन् २०१९ मा बेरी आफ्नी पार्टनर टोनीबाट अलग भएका थिए। सन् १९९९ मा जन्मिएका जुम्ल्याहामध्येकी एक छोरी सेफ्रनले हालै एक बच्ची जन्माइन्। जसको खुसीमा उनले करोडौँको सम्पत्ति उनै बच्चीको नाममा गराइदिए । एजेन्सीको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?