+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

मुख्यमन्त्री पदमुक्त भएको पत्र प्रदेश प्रमुखको कार्यालयमा, नयाँ सरकार गठनका लागि आह्वानको तयारी 

अनलाइनखबर अनलाइनखबर
२०८० असार १५ गते १६:०३

१५ असार, विराटनगर। कोशी प्रदेशको प्रदेशसभा सचिवालयले मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएको पत्र प्रदेश प्रमुखको  कार्यालयलाई  पठाएको छ। शुक्रबारको प्रदेशसभा बैठकपछि सचिवालयले प्रदेश प्रमुखको कार्यालयलाई मुख्यमन्त्रीले विश्वास गुमाएको पत्र पठाएको हो ।

शुक्रबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत माग्दा  ४६ मत मात्रै पाए । ९३ सदस्यीय  प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ ।

शुक्रबार मुख्यमन्त्रीको प्रस्तावपछि मत विभाजन हुँदा उनको पक्षमा ४६ र विपक्षमा  ४३ मत पर्‍यो।  जसपा सांसद  निर्मला लिम्बू र प्रतिपक्षी दलका दुई सांसद अनुपस्थीत रहे ।

मुख्यमन्त्रीले प्रदेशसभाको विश्वासको मत नपाएको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइएको प्रदेशसभा सचिवालयका प्रवक्ता गौतमराज अमात्यले जानकारी दिए।

प्रदेश प्रमुखको कार्यालयका  प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले प्रदेशसभा सचिवालयको पत्र आइसकेको बताए । पत्र आएपछि प्रदेश प्रमुख पर्शुराम खापुङले परामर्श गरिरहेको उनले बताए।

प्रदेश प्रमुख निकट स्रोतका अनुसार  आज नै प्रदेश प्रमुख  पर्शुराम खापुङले नयाँ सरकार गठनको आह्वान गर्ने तयारी गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?