+
+
आप्रवासी अर्तनाद :

डुंगा डुबेको सबैलाई थाहा थियो, १३ घण्टासम्म कसैले मद्दत गरेनन्

एजेन्सीको सहयोगमा एजेन्सीको सहयोगमा
२०८० असार १७ गते १७:४०

१७ असार, काठमाडौं । हवाइदेखि समुन्द्री इलाकासम्म, रेडियो सेटदेखि राडारसम्म सबैतिर आप्रवासी सवार डुंगामा देखिएको खराबीबारे खबर सञ्चार भएको थियो । अधिकारीहरूले १३ घण्टासम्म सुनिरहे तर समयमै मद्दत नगर्दा एड्रिआना जहाज समुन्द्रमा पल्टिँदा भयानक मानवीय क्षति भयो ।

जहाजमा खराबी आउनेबित्तिकै अत्तालिएका यात्रुहरूले सहयोगका लागि तारन्तार खबर गरे ।

अधिकारीहरूले उद्दारका लागि टोली आउने आश्वासन दिइरहे । हवाइ फुटेज नियालेका युरोपेली सीमाका अधिकारीहरू वीरतापूर्ण उद्दार अपरेशन हुनेमा निश्चिन्त थिए ।

उनीहरूले नियाल्दा नियाल्दै गत महिना एड्रियाना जहाज डुब्दा ६ सय बढी आप्रवासीले ज्यान गुमाए । यो दुर्घटनाले सबैभन्दा घातक आप्रवासी मार्ग पनि स्तब्ध बन्यो ।

भू-उपग्रहबाट प्राप्त तस्वीर, शिलबन्दी गरेर अदालतमा पेश गरिएका दस्तावेज र घटनामा बाँच्न सफल २० जनासँगको अन्तर्वार्ताबाट बुझ्न सकिन्छ कि समयमै उद्दार हुन्थ्यो भने भयानक मानवीय क्षति टर्ने थियो ।

दर्जनौं अधिकारी र तट रक्षकले एड्रिआनाको निरीक्षण गर्दासमेत ग्रिस सरकारले त्यो अवस्थालाई कानुनी पाटोबाट मात्रै हेर्योन । उसले उद्दारको कुनै पहल गरेको देखिएन । यस्तो अवस्थामा मानवीय सहायताका लागि अस्पताल सुविधाको जहाज र विशेष उद्दारकर्मी पठाउनुपर्नेमा मास्कधारी तटरक्षक त्यहाँ पुगेको खुलेको छ ।

ग्रिसका अधिकारीहरूले एड्रिआना इटालीतर्फ अघि बढिरहेको जिकिर बारम्बार गरिरहे । आप्रवासीहरूले उद्दारको कुनै चाहना नराखेको सूचना ती अधिकारीहरूले प्रवाह गरिरहे । तर सिग्नल ट्र्याक गर्दा र भू-उपग्रहका तस्वीर हेर्दा साढे ६ घण्टासम्म एड्रिआना एकै इलाका वरपर बगिरहेको थियो ।

घटनामा बाँचेकाहरूले दर्दनाक बयान दिए । उनीहरूका अनुसार जहाजको माथिल्लो भागमा रहेका यात्रुहरूले सहयोगको याचना गरिरहेका थिए । त्यही क्रममा त्यहाँ आएको ट्यांकरलाई रोकेर उनीहरूले पानी मागे र केहीले त्यसमा हामफाल्ने प्रयत्न पनि गरेका थिए । ७ सय ५० यात्रु बोकेको एड्रिआनामा सर्वत्र त्रासदी थियो । हरेक पल जहाज डुब्ने त्रासमा यात्रुहरू थिए । जहाज डुब्ने निश्चित हुँदा पनि उनीहरू आउँदै नआएको उद्दारको पर्खाइमा रहिरहे ।

एड्रिआनाको डुबामा भूमध्य सागरमा लामो समयदेखि देखिएको अवरोध हो । निर्दयी तस्करहरू मानिसहरूलाई निकै कमसल जहाजमा खाद्छन् । जोखिम जान्दा जान्दै पनि केही भइहालेमा सुरक्षित हुनेमा यात्रु आशावादी हुन्छन् ।

युरोपेली तट रक्षकहरू केही दुर्घटना देखेमा उद्दारको गतिविधिमा ढिलाइ गर्छन् । द्रुत उद्दार हुँदा तस्करको मनोबल बढ्ने र उनीहरूले आफ्ना गतिविधि झन् बढाउने उनीहरूको बुझाइ छ । बामपन्थीतर्फ ढल्किएको युरोपेली राजनीतिमा आप्रवासी जहाज जति धेरै आयो त्यतिनै राजनीति गर्माउने चिन्ता छ ।

त्यसैले, यात्रुले जतिसुकै उद्दारका लागि हारगुहार गरेपनि युरोपेली उद्दारकहरूले जहाजको कप्तानको निर्णयलाई नै अन्तिम मान्छन् । त्यस जहाजका २२ वर्षीय कप्तानले इटलीतर्फ जान चाहेको बताएको अधिकारीहरूले बताएका छन् । तस्करहरूले गन्तव्यमा पुगेपछि मात्रै कप्तानलाई पैसा दिने भएकाले उनीहरू पनि गन्तव्यतर्फनै पुग्न सकेसम्म बल गर्छन् ।

ग्रिसको सामुन्द्रिक मामिला मन्त्रालयले यस घटनाको अनुसन्धान जारी रहेकाले विस्तृत उत्तर दिन असमर्थ रहेको बताएको छ । जहाज डुबेको दृश्य धमिलो रहेको ग्रिसका अधिकारीहरूले बताएका छन् ।

ग्रिसका प्रधानमन्त्री क्रियाकोस मितोताकिसले आफ्नो तटरक्षकको आलोचनाको बचाऊ गरेका छन् । यो आलोचना अनुचित भएको उनको जिकिर छ ।

आप्रवासीमाथि कडा रहेको ग्रिसमाथि कुनै कदम नचालिएको भन्दै युरोपेली संघको पनि आलोचना भइरहेको छ । ग्रिसमा मानव तस्करमा संलग्न रहेको र एड्रिआन डुबानको घटनामा पनि जोडिएको भन्दै दुर्घटनामा बाँचेका इजिप्टका ९ जना नागरिकलाई पक्राउ गरिएको छ । ती ९ मध्ये केहीले बाँकी यात्रुलाई यातना दिएको कतिपयले बयान दिएका छन् भने केहीले कम्तीमा पनि एक जनाबाट ४ हजार डलर लिएको बयान दिएका छन् ।

३० लाख ५० हजार डलर संकलन गरेपछि एड्रिआनामा कोचेर उनीहरूलाई युरोप छिराउने दाउमा तस्करहरू थिए । इटाली लगेर छोड्ने योजना अनुरूप उनीहरूले पाकिस्तानी आप्रवासीलाई जहाजको तल्लो भागमा, महिला तथा बालबालिकालाइ मध्यभागमा, सिरियाली, प्यालेस्टिनी र इजिप्टकालाई माथिल्लो भागमा राखेका थिए ।

जहाजमा सबैभन्दा बढी पाकिस्तानी थिए । पाकिस्तान सरकारका अनुसार करिब ३५० जना त्यस जहाजमा थिए । ती मध्ये अधिकांश तल्लो भागमा रहेको घटनामा बाँचेका १२ जना पाकिस्तानीले बयान दिएका छन् ।

जहाज यात्राको आरम्भ

कमिरन अहम्मद सिरियाली युवक हुन् । १८ वर्षको उमेरमा उनी बाबु आमासँगै नयाँ जीवनको खोजीका लागि लिबिया पुगे । उनको बुवाले उनलाई युरोप पठाउनका लागि घर जग्गा बेचेर तस्करको हातमा पैसा बुझाए । इटली पुगेर जर्मनी जाने र त्यहाँ काम गर्दै पढेर केही पैसा घर समेत पठाउने कमिरनको सपना थियो ।

‘उसलाई समुन्द्रबाट युरोप पठाउनुबाहेकको विकल्प हामीसँग थिएन’, कमिरनका बाबुले भने ।

जुन ९ को साँझ जसै एड्रिआना तैरिन थाल्यो, कमिरनमा चिन्ता बढ्न थाल्यो । उनीसँगै रहेका दाइ रोगयान अदिल अहम्मदलाई पौडन आउँदैनथ्यो । त्यसैले उनीहरूले ६ सय डलर बढी तिरेर जहाजको माथिल्लो भागमा आफ्नो स्थान सुरक्षित राखे । उनीहरू बाँचे ।

२० वर्षीय हसिब रेहमान कश्मिरमा मोटरसाइकल मर्मतको काम गर्थे । उनका तीन जना साथीले पनि तस्करलाई ८ हजार डलर बुझाएर लिबियाबाट एड्रिआना चढे । हसिबले पनि दलाललाई पैसा दिएर माथिल्लो ठाउँमा बस्न पाए ।

लिबियाबाट तीन दिनमा इटाली पुग्नेगरी उनीहरू हिँडेका थिए । दोस्रो दिनमै जहाजको इन्जिनमा समस्या देखिएको अनुभव आफूहरूले गरेको हसिबले बताए । तेस्रो दिनमा जहाजमा खानेकुरा र पानी सकियो । कतिपयले समुन्द्री पानी पिए लगत्तै गुलियो खाएर नुनिलो काट्ने प्रयास गरे । कतिपयले पानीकै लागि २० डलर तिरे ।

जहाज हरायो

तेस्रो दिन जहाजले आफ्नो बाटो बिराएको थियो । भू उपग्रहबाट प्राप्त तस्वीरले त्यसलाई पुष्टि गर्छ । अधिकांश समय फोनमा रहेका कप्तानले तेस्रो दिनमा बाटो बिराएका थिए । जहाजले बाटो बिराएसँगै यात्रुमा त्रासदी फैलियो । केहीले पैसा थपेर माथिल्लो तहमा आउने प्रयत्न गरे । तर पाकिस्तानीहरूको त्यस प्रयत्नलाई इजिप्टका ती दलालहरूले सफल हुन दिएनन् ।

उनीहरुले पेटीले हिर्काएको घटनामा बाँचेका एक प्रत्यक्षदर्शीले बयान दिएका छन् । यो घटनामा संलग्न इजिप्टका २६ वर्षीय अहम्मद इजाद रहेको आरोप लगाइएको छ । उनी हाल ग्रिसमा हिरासतमा छन् । उनका भाइ इस्लाम इजादले भने आफ्नो भाइ पनि अन्य आप्रवासी सरहनै पैसा तिरेर इटाली जानका लागि एड्रिआनामा सयर गरेको बताएका छन् । त्यसका लागि ४५ सय डलर तिरेको उनको भनाइ छ । अहम्मसँगै पक्राउ परेका अन्य ८ जनाले यस घटनामा आफूहरू पनि पीडित रहेको र कुनैपनि संलग्नता नरहेको बयान दिएका छन् ।

उद्दारको निरन्तर आश्वासन

तेस्रो दिनमै गन्तव्य पुग्नुपर्ने जहाज चौथो दिनसम्म पनि इटाली नपुगेपछि यात्रुहरू निकै आत्तिएको बयान प्रत्यक्षदर्शीहरूले दिएका छन् । १३ जुनमा इटालीतर्फ गइरहेको जहाजको इन्जिनमा थप समस्या आयो । अन्तर्राष्ट्रिय सीमामा पुग्न आँटेको जहाजमा समस्या निम्तिएको थियो ।

त्यसपछि माथिल्लो भागमा रहेकाहरुले कप्तानलाई सहयोगका लागि अपिल गर्न मनाए र प्रत्यक्षदर्शीका अनुसार कप्तानले इटालियन अधिकारीहरूलाई खबर गरे । जानकारहरूका अनुसार जहाजको कप्तानलाई रकम गन्तव्यमा पुगेपछि मात्रै रकम भुक्तानी गरिन्छ ।

कतिपय आप्रवासीहरूलाई रकम पनि दलालहरूले गन्तव्यमा पुगेपछि मात्रै दिन भनेका थिए । जहाजका कप्तान तथा बाँचेका अन्यले इटालीका अधिकारीहरूले निरन्तर सहयोगको वाचा गरेको बयान दिएका छन् ।

राति करिब १ बजेतिर उनीहरु रहेको क्षेत्रको आकाशमा जहाज देखिएको । त्यस जहाज उद्दारका लागि आएको आशा सबैले राखेका थिए । युरोपेली संघको सीमा क्षेत्रमा काम गर्ने संस्था फ्रोन्टेक्सलाई इटालियन अधिकारीले एड्रिआनाको संकटबारे जानकारी दिएका थिए । तत्कालै उद्दारका लागि पहल गर्न उनीहरूको आग्रह थियो । जहाज निकै खचाखच रहेको उनीहरूको अनुमान थियो । उद्दार विना जहाजलाई तटमा ल्याउन सक्ने स्थिति नरहेकोमा उनीहरु प्रष्ट थिए ।

फ्रोन्टेक्सका लागि आफूलाई अब्बल साबित गर्ने यो एउटा मौका थियो । उद्दारको लागि तयारी थाल्दै गर्दा एड्रिआना ग्रिसको इलाकामा रहेको फ्रोन्टेक्सले थाहा पायो । उसले ग्रिसका अधिकारीले आफूले भन्दा यथाशीघ्र सहयोग गर्नसक्ने ठान्यो । दुई घण्टापछि ग्रिसको तटीय सुरक्षाको हेलिकप्टर त्यस क्षेत्रमा पुग्यो । जहाजको माथिल्लो भागमा खचाखच रहेका यात्रुले हात हल्लाइरहेको दृश्य हेरेर हेलिकप्टर फर्कियो ।

यता इटालियन अधिकारकर्मी नवाल सुफीलाई त्रासमा रहेका आप्रवासीले सम्पर्क गरे । ‘धैर्य साथ बस्नू तुरून्तै केही पनि हुँदैन तर तपाईंहरुको उद्दार अवश्य हुनेछ’, आफूले त्रासमा रहेका आप्रवासीलाई भनेको कुरा उनले स्मरण गरिन् ।

आपतकालीन अवस्था

१३ जुन राति ७ बजे । फ्रोन्टेक्सले एड्रिआना ग्रिसको इलाकामा देखेको सात घण्टा बितेको थियो । ग्रिसका अधिकारीले एड्रिआनामा रहेका यात्रुका लागि पानी र खानेकुरासहितको ट्यां कर त्यसतर्फ पठायो । उनीहरू इटालीतर्फनै पुगुन् भन्ने उद्देश्यका साथ डिजेल समेत बोकेर ग्रिसको ट्यांकर त्यहाँ पुगेको कुरा अदालतमा पेश भएको भिडियो र दस्तावेजले देखाउँछ ।

एड्रिआना ठीकठाक रूपमा इटालीपूर्व नै अघि बढेकाले आफूहरूले उद्दारमा चासो नदिएको जिकिर गरेका छन् । तर बीबीसीले त्यसबखतको स्थितिको डेटा जाँच गर्दा जहाज एकै ठाउँमा रहेको देखाएको छ । डुब्नुअघि सात घण्टासम्म जहाज एकै ठाउँमा रहेको देखिएको हो । ग्रिसका अधिकारीको दाबी भने फरक छ । फ्रोन्टेक्सले एड्रिआना देख्दा त्यस जहाज ३० नटिकल माइलले इटालीतर्फ अघि बढेको ग्रिसको जिकिर छ ।

भू-उपग्रहका तस्वीर र जहाज ट्रयाक गर्ने मरिन ट्राफिकका अनुसार डुब्नुअघिको सात घण्टासम्म इटली नजिकै रहेपनि जहाज एकै स्थानमा थियो । ग्रिसले व्यापारिक जहाज बोलाउँदासम्म एड्रिआना इटालीको नजिकको विन्दुमा रहेको पनि देखिएको छ ।

डुब्दै गयो जहाज

ग्रिसले त्यहाँ ट्याँ कर पठाउँदा पहिलो ट्यांकर एक मिनेट भित्रै पुगेको थियो । दोस्रो भने दुई घण्टा पछि । दोस्रो पटक पुग्ने ट्यांकरका कप्तान अनुसार धेरैले सहयोगको याचान गरेका थिए भने केहीले एड्रिआनाको कप्तानलाई समेत दबाबमा राखेर इटालीतर्फ अघि बढ्न दबाब दिएका थिए । दुर्घटनामा बाँचेकाहरूले पनि यस्तै बयान दिएका छन् ।

मेडे अर्थात् आपतकालीन कलको लामो समयसम्म पनि उद्दार भएको थिएन । त्यसपछि आप्रवासी सम्बन्धी एक गैरनाफामुखी संस्थानले ग्रिस र फ्रोन्टेक्सका अधिकारीलाई झकझक्यो । आप्रवासी सम्बन्धी राष्ट्रसंघको संस्थालाई समेत उद्दारको पहलका लागि अपिल गर्योा । जहाजको माथिल्लो भागमा रहेका यात्रुले ग्रिसले दोस्रोपटक पठाएको ट्यां करमा हाम फाल्ने प्रयत्न गरेका थिए । त्यसका कप्तानले यो कदमले एड्रिआनाको स्थिरतामा असर पुग्ने भनेपछि यात्रुहरूले उद्दारको आशामा आफ्नो प्रयास स्थगन गरे ।

दोस्रो पटक एड्रिआनालाई खाना र पानी पुर्याकएका ट्यांकरका कप्तानले जहाज निकै समस्यामा रहेको बताए । रेडियो ट्रान्समिसनको रेकर्ड अनुसार ग्रिसको कन्ट्रोलले भूमध्य सागरको इलाका वरीपरी सुरक्षा र संकट सम्बन्धी फ्रिक्वेन्सीबाट पाँच सन्देश प्रवाह गरेको थियो ।

याचमा रहेका हेनरिक फ्लोरेन्सले त्यस दिन दुईवटा मेडे सिग्नल आफूले पनि सुनेको बताए ।

जहाजसँगै जीवनको अन्त्य

१४ जुनको मध्यरातमा ग्रिसको सरकारी जहाज एड्रिआनातर्फ अघि बढ्यो । तर त्यस जहाज आउँदा आफूहरूको उद्दार नहुने निष्कर्षमा पुगेको प्रत्यक्षदर्शीको बयान छ ।

एड्रिआनाको वरपर ३ घण्टासम्म घुमेको प्रत्यक्षदर्शीको बयान छ । ग्रिसको सरकारी जहाजले एड्रिआनालाई तान्नुको सट्टा डुबाउनेगरी चाल चालेको प्रत्यक्षदर्शीको बयान छ ।

ग्रिस अधिकारीहरूले त्यसलाई इन्कार गरेका छन् । जहाज तान्ने प्रयास आफूहरूले गरेपनि असफल भएको उनीहरूको बयान छ । ग्रिसले चाहेको भए १३ घण्टासम्म ती सबैलाई सकुशल उद्दार गर्नेसक्ने क्षमता ऊसँग छ । फ्रोन्टेक्सको जानकारीका अलावा पनि उसले केही गरेन । जहाज के कति कारणले डुब्यो अझै यकिन विवरण आएको छैन । कोही क्षमताभन्दा बढी यात्रु बोकेर भएको भन्छन् । कोही कप्तानले जहाजलाई सन्तुलनमा राख्न नसकेको आरोप लगाउँछन् ।

माथिल्लो भागमा रहेकाहरू समुन्द्रमा हाम फाले । ती मध्ये दर्जनौंलाई ग्रिसका तटीय सुरक्षाकर्मीले जहाजमा ताने । एड्रिआनामा रहेका महिला र बालबालिका जहाजसँगै डुबे । २० वर्षे पाकिस्तानी मेकानिक्स हसिब बाँचे- ‘म भाग्यले बाँचे । अन्यथा मेरो शरिर समुन्द्रमै विलय हुनेथियो।’ एथेन्सको शरणार्थी शिविरमा भेटिएका उनले भने ।

अहम्मद जो दाइसँग ६ सय डलर तिरेर जहाजको माथिल्लो भागसमा बसेका थिए, उनी बेपत्ता छन् । भाइलाई सम्झेर शरणार्थी शिविरमा मुर्छा पर्नुअघि उनी चिच्याउँछन्, ‘मैले भनेको थिइन र हामी मर्न हिंडेका थियौं । मैले भनेको थिएन र हामी मरिसक्यौं ?’

कमिरनको शव अझै फेला परेको छैन । जग्गा बेचेर कमिरनलाई इटाली पठाएका उनका पिताले सर्वस्व गुमाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?