+
+
Shares

हङकङमा ‘नेपाल टुरिजम फिल्म फेस्टिभल’ हुने

अनलाइनखबर अनलाइनखबर
२०८० असार १७ गते १८:०७

काठमाडौं । ‘मेरो गाउँ मेरो ठाउँ भिडियो च्यालेञ्ज २०२३’ का विजेता १० भिडियोलाई हङकङमा प्रदर्शन गरिने भएको छ । त्यहाँ आयोजना गर्न लागिएको ‘नेपाल टुरिजम फिल्म फेस्टिभल’मा ती भिडियोलाई प्रदर्शन गर्न लागिएको हङकङमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

‘नेपाल टुरिज्म फिल्म फेस्टिभल’ नाम दिइएको यो कार्यक्रम हङकङपछि अन्य मुलुकमा आयोजना गर्ने वि विल राइज फाउण्डेसनले जनाएको छ । पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष तुलसीकुमार गुरुङले प्रचुर पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेका पर्यटकीय थलोहरु प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको जनाए ।

यो फिल्म फेस्टिभलले नेपालको कुनाकन्दरामा रहेका पर्यटकीय महत्वका नवीन थलो, कला र संस्कृतिलार्ई विश्वभर उजागार गर्न सघाउने उनको भनाइ थियो । विदेशमा बस्ने नेपालीले पनि नेपालको कला संस्कृतिको जर्गेना र पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण भूमिका खेलेको कुरालाई दृष्टिगत गर्दै उल्लेख गर्दै उनले आगामी संस्करणदेखि ‘मेरो गाउँ, मेरो ठाउँ इन्टरनेसनल’ विधा थपिने योजना समेत जानकारी दिए ।

विजेता भिडियोलाई आगामी असार ३१ गते साँझ हङकङस्थित हेनरी जि लियोङ हल, याउ मा तेईमा प्रदर्शन गरिने भएको छ । फेस्टिभल आयोजनामा हातेमालो गर्न उनले आग्रह गरे । फाउण्डेसन निर्देशक निर्मल श्रेष्ठले नेपाली वृत्तचित्र निर्मातालाई अन्तर्राष्ट्रिय बजारमा पहिचान दिलाउन र थप सम्भावनाको ढोका खोल्न समेत यसले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए ।

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ मा बेस्ट भिडियो अफ द इयरको उपाधि टिम डुलुवाको ‘दि नर्दन वालले’ जितेको थियो । प्रतियोगिताका कुल १० विधामध्ये ‘मयूरी चाल’ले ‘जजेज च्वाइस अवार्ड, टिम डुलुवाकै ‘मेरो गाउँ तकसेरा’ले ‘मोस्ट एनर्जेटिक भिडियो मेकर’, ‘फ्युचर स्टार अफ दी इयर’–आदर्श पाण्डे, ‘मोस्ट पोटेन्सियल डेस्टिनेसन’– सन्दकपुर गाउँपालिका, ‘वेस्ट एडिटर’– आकाश धिमाल, ‘वेस्ट स्क्रिप्ट–भ्वाइस ओभर’–रुमन थापा, ‘वेस्ट स्टोरी कन्सेप्ट डिरेक्सन’–सुरेशकुमार मुखिया, ‘वुनम भिडियो मेकर अफ दी इयर’–गरिमा भण्डारी र ‘वेस्ट सिनेमाटोग्राफर’– सन्तोष मालेकरले जितेका थिए ।

फेस्टिभलमा हङकङ नेपाली महासंघ, एनआरएनए हङकङ, मितेरी सेवा समिति पोखरा हङकङ, नेपाली क्लब हङकङ, ओम नमो बुद्ध आमा समूह, कोन्मै घोथाने गुरुङ समाज, नादा समाज हङकङ, राइज मिडिया नेटवर्क र नेपाल पर्यटन बोर्डको सहकार्य छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?