+
+
WC Series
कर्णाली याक्स 2025
149/7 (20)
VS
Kathmandu Gorkhas won by 5 wickets
Won काठमान्डु गोर्खाज 2025
155/5 (17.6)
Shares

चारदिने संघीय नमुना युवा संसद सुरु

अनलाइनखबर अनलाइनखबर
२०८० असार १८ गते ७:५५

१८ असार, काठमाडौं । नेपाल सरकार अन्तर्गतको राष्ट्रिय युवा परिषदले सञ्चालन गर्ने चारदिने संघीय नमुना युवा संसद–२०८० सुरु भएको छ । आइतबार युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले सो कार्यक्रमको उदघाटन गरे ।

युवा परिषदले युवाहरुको नेतृत्व विकास र क्षमता विकासका लागि वार्षिक रुपमा संघीय नमुना संसद सञ्चालन गर्ने गरेको छ । युवा परिषदको कार्यविधि अनुसार पहिलो चरणमा स्थानीय तहमा नगर÷गाउँ सभाको अभ्यास गराइन्छ । नगर÷गाउँबाट छनौट भएका युवालाई दोस्रो चरणमा प्रदेश नमुना संसदमा सहभागी गराइने र त्यहाँबाट पनि छनौट भएकालाई तेस्रो चरणमा संघीय तहमा सहभागी गराइने परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।

सातैवटा प्रदेशमा नमुना युवा संसद सञ्चालन भएपछि सबै प्रदेशबाट सिफारिस भई आएका ९० जना सहभागी सहित संघीय तहमा युवा संसद शुरु भएको छ । नमुना संसद अभ्यासका क्रममा १६–२४ वर्षका युवाहरुले दिगो विकास लक्ष्य, संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य, संविधानका अन्तरवस्तु, शासकीय प्रणाली, संघीयता, युवाका मुद्दा, जलवायु परिवर्तन आदि विषयमा बहस तथा छलफल गर्ने बस्नेतले बताए ।

चारदिन चल्ने नमुना संसद अभ्यासका विभिन्न सत्रमा प्रतिनिधि सभाका पूर्व सचिव गोपालनाथ योगी, राष्ट्रिय सभाका पूर्व सचिव राजेन्द्र फुयाल, पूर्व राजदूत महेश दाहाल, सञ्चारकर्मी टिकाराम यात्री, प्रशिक्षक प्रकाश उपाध्याय, संघीय संसद सचिवालयका सहसचिव वविता मिश्र, क्रियजनका आनन्द मिश्र लगायतले सहजीकरण गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?