+
+

न्यु जिल्याण्डमा मुसा आतंक, सरकारले सुरु गर्‍यो मुसा अन्त्य अभियान

एजेन्सी एजेन्सी
२०८० असार १८ गते १०:३६

हामीले आफ्नो घर, पसल तथा कार्यालय आदिमा दु:ख दिने मुसाहरु नियन्त्रण गर्न तथा मार्नका लागि अनेक उपाय अपनाउने गर्दछौँ । तर न्यु जिल्याण्डमा भने सरकार स्वयंले मानिसहरुलाई दुख दिने मुसा मार्नका लागि देशव्यापी अभियानको घोषणा गरेको छ । जस अनुसार देशभरका सबै मुसा मार्नका लागि सरकारले आदेश दिएको छ ।

न्यु जिल्याण्डमा वास्तवमा मुसाको संख्या यतिधेरै बढ्यो कि देशमा भएका अन्य जीवजन्तुहरुको अस्तित्व नै खतरा पर्‍यो । यहाँसम्म कि मुसाकै कारण न्यु जिल्याण्डको राष्ट्रिय पंक्षी नै खतरामा परेको छ ।

समाचार अनुसार मुसाकै बिगबिगीका कारण न्यु जिल्याण्डको राष्ट्रिय चरा किबी पनि खतरामा परेको छ । देशभर मुसा आतंक बढ्दा आम मानिसहरु प्रताडित छन् ।

मुसाले खेतबारीका अन्नपातहरु सबै खाइदिएर सखाप पार्ने गरेको छ । मुसाकै कारण अन्य जनावरहरुको आहारा जुटाउन पनि समस्या पर्न थालेपछि सरकारले नै मुसाको समूल अन्त्य गर्ने अभियान छेडेको हो ।

जस अनुसार सन् २०५० सम्ममा देशलाई मुसामुक्त बनाउने लक्ष्य सरकारको छ । सरकारले यसका लागि एउटा कानून नै लागू गरेको छ । जसमा मुसा, मस्टेलिड र पोसम नामक जनावरलाई सबैभन्दा खतरनाक शत्रु जीव घोषित गर्दै सन् २०५० सम्ममा ती जनावरको पूरै सफाया गर्ने लक्ष्य राखिएको छ ।

न्यु जिल्याण्डमा नयाँ प्रधानमन्त्तीको आगमनसँगै मुसा मार्ने अभियान सुरु भएता पनि कतिपयले भने यो अभियान सफल हुनेमा आशंका व्यक्त गरेका छन् । कतिपय वन्यजन्तुविदहरुले भने कुनै पनि प्रजातिको समूल नष्ट गर्नु पर्यावरणका लागि घातक हुने भन्दै सरकारी अभियानको आलोचना गरेका छन् ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?