+
+

प्राधिकरणका महानिर्देशकले पर्यटन मन्त्रीलाई पठाएनन् स्पष्टीकरण, भने-आफ्नो निर्णयमा अडिग छु

अनलाइनखबर अनलाइनखबर
२०८० असार १८ गते १९:५४

१८ असार, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले सोधेको स्पष्टीकरणको जवाफ दिन अस्वीकार गरेका छन् ।

आफूलाई मन्त्रिपरिषद्ले नियुक्त गरेको र स्पष्टीकरण सोध्ने अधिकार समेत मन्त्रिपरिषद्लाई मात्र भएको भन्दै उनले यसअघि पनि स्पष्टीकरण नबुझाउने बताएका थिए ।

‘प्राधिकरण स्वायत्त निकाय हो । प्राधिकरणले नेपाल सरकारसँग सम्पर्क गर्न मात्र पर्यटन मन्त्रालयमार्फत जानु पर्ने प्राधिकरण ऐनमा उल्लेख छ । यो स्पष्टीकरणबारे मैले धेरै कुरा पहिले नै भनिसकेको छु । म आफ्नो कुरामा अडिग छु,’  उनले अनलाइखबरसँग भने ।

११ असारमा मन्त्री किरातीले ७ दिनको समय राखेर अधिकारीलाई ९ बुँदे स्पष्टीकरण सोधेका थिए । सो समय सोमबार सकिएको छ ।

निर्धारित समयमा स्पष्टीकरण नदिएका महानिर्देशक अधिकारीले ट्वीट गर्दै प्राधिकरण स्वायत्त निकाय भएको उल्लेख गरेका छन् । यससँगै प्राधिकरण र मन्त्रालयबीचको द्वन्द्व अझ बढ्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?