+
+

मकाउ पठाइदिन्छु भन्‍दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० असार २० गते १७:५८

२० असार, काठमाडौं । मकाउ पठाइदिन्छु भन्‍दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई  पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखाको गण्डकी गाउँपालिका-८ स्थाइ घर भई ललितपुरको गोदावरी-१४ बस्‍ने ५१ वर्षीय दुर्गाबहादुर रेग्मी रहेका छन्  ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले उनलाई ठैबबाट पक्राउ गरेको  प्रवक्ता रविन्द्र रेग्मीले जानकारी दिए ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

उनले पीडितलाई जित बहादुर थामा मगरलाई वैदेशिक रोजगारीको लागि मकाउ पठाइदिन्छु भन्‍दै ६ लाख ६० हजार  रकम लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?