+
+

दक्षिण अफ्रिकामा विषाक्त ग्याँस लिक हुँदा १६ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० असार २१ गते ९:५४

२१ असार, काठमाडौं । दक्षिण अफ्रिकामा विषाक्त नाइट्रेट अक्साइड ग्याँस लिक हुँदा १६ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा जोहनिसबर्गको बोक्सबर्ग भन्ने स्थानमा यो घटना भएको हो ।

स्थानीय अधिकारीहरुले नाइट्रेट अक्साइड ग्याँस लिक हुँदा महिला र बालबालिकासहित १६ जनाको मृत्यु भएको जानकारी दिएको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार नाइट्रेट अक्साइड ग्याँस सुनको अवैध उत्खनन र प्रशोधन गर्नेहरुले प्रयोग गर्दछन् र यसलाई जामा जमास भनिन्छ ।

बोक्सबर्गको बाक्लो बस्ती भएको क्षेत्रबाट नाइट्रेट अक्साइड ग्याँस लिक भइरहेको एक सिलिण्डर बरामद भएको छ । मृतकहरु सबै सोही क्षेत्रको एक सय मिटर वरपरको क्षेत्रका हुन् ।

अधिकारीहरुले अरुको पनि ज्यान गएको हुन सक्ने अनुमान गरेका छन् । सो क्षेत्रमा उद्धारकर्ताहरुलाई तैनाथ गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?