+
+

अश्मीको प्रेमचर्चा

अनलाइनखबर अनलाइनखबर
२०८० असार २१ गते १८:१५

काठमाडौं । पूर्वमिस नेपाल अश्मी श्रेष्ठ जति सुन्दर छिन् त्यति नै उनको निजी जीवनको पनि चर्चा हुन्छ । केही महिनाअघिसम्म भारतीय गायक सनम पुरीसँग उनले खुलेरै डेट गरिरहेकी थिइन् । केही महिना चलेको सो रोमान्स केही समयमै टुंगियो । त्यसयता अश्मीको रिलेसनसिप स्टाटस सिंगल नै थियो ।

अब भने यी पूर्वमिस नेपाल तथा मोडल सिंगलबाट मिंगल भएजस्तो देखिन्छ । अमेरिकामा बस्दै आएका युवक सशांकलाल श्रेष्ठसँग उनको प्रेम चर्चा छ । यो चर्चालाई बल दिने गरी उनले इन्स्टाग्राम भिडियो र स्टोरी पोस्ट गरेकी छन् । जहाँ अश्मीको बर्थडे सेरेमोनीमा सशांकसँग रमाएको देखिन्छ भने कारमा रमाउँदै माया साटेको पनि देखिन्छ ।

स्रोतका अनुसार अश्मीको उक्त जन्मदिन पार्टीको आयोजना सशांकले नै आयोजना गरेका थिए । उनी यतिबेला न्युयोर्कबाट काठमाडौंमा आएका छन् । उक्त बर्थडे पार्टीमा पूर्वमिस नेपालहरुसहित गायिका अभया सुब्बा पनि रमाइरहेको देख्न सकिन्छ । साथै, सशांकले अस्मीसँगको रोमान्टिक तस्वीर पनि सेयर गरेका छन् जहाँ कमेन्टमा नाइस र पर्फेक्ट कपल भन्दै प्रशंसा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?