+
+

केकीको प्रस्ताव : फिल्म बनाउँदा मानसिक स्वास्थ्य परामर्श विभाग राखौं

अनलाइनखबर अनलाइनखबर
२०८० असार २२ गते १२:५९
अभिनेत्री केकी अधिकारी । फाइल तस्वीर

काठमाडौं । उदयीमान अभिनेता सारुक ताम्राकारको निधनपछि नेपाली फिल्म क्षेत्र स्तब्ध छ । ३१ वर्षमै जीवनलाई टुंग्याएपछि मनोरञ्जन क्षेत्रमा मानसिक स्वास्थ्यको बहस छेडिएको छ । सेलिब्रिटीले सामाजिक सञ्जालमार्फत मानसिक स्वास्थ्यको ख्याल गर्न आग्रह गरिरहेका छन् ।

अभिनेत्री केकी अधिकारीले त फिल्मको योजना बनाउने क्रममै मानसिक स्वास्थ्य परामर्शको विभाग पनि राख्न जरुरी भइसकेको उल्लेख गरेकी छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले सार्वजनिक स्पटलाइटमा हुनुको लागत अकल्पनीय हुन सक्ने र यसबारे बेलैमा गम्भीर हुनुपर्नेतर्फ सचेत गराएकी छन् ।

उनी लेख्छिन्, ‘ हामीले चलचित्र निर्माता र मिडिया उद्योगका प्रतिनिधिको रूपमा हाम्रो बजेट योजना बनाउँदा वा चलचित्र हस्ताक्षर गर्दा, निर्माणको समयमा सम्पूर्ण कलाकार तथा प्राविधिक सदस्यहरूका लागि मानसिक स्वास्थ्य परामर्शको विभाग पनि राखिन जरुरी भइसकेको छ । सार्वजनिक स्पटलाइटमा हुनुको लागत अकल्पनीय हुन सक्छ, बेलैमा सबै मिली यसलाई गम्भीरताका साथ लिऔं ।’

केकीको उक्त प्रस्तावमा फ्यानले समर्थन जनाइरहेका छन् । अभिनेत्री सुरक्षा पन्तले पनि थ्रेड्समा स्टाटस लेख्दै असन्तुष्टि केही छन् भने त्यसलाई व्यक्त गरिहाल्नुपर्ने र कोही पनि पूर्ण नभएकाले मानसिक स्वास्थ्यलाई गम्भीर रुपमा लिनुपर्ने उल्लेख गरेकी छन् । यसबाहेक अन्य कलाकार, निर्माता, निर्देशक र समीक्षकले पनि मानसिक स्वास्थ्यलाई गम्भीर रुपमा लिनुपर्ने भन्दै स्टाटस लेखिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?