+
+

च्याट जीपीटीले रच्यो इतिहास, पादरीको अनुपस्थितिमा अमेरिकामा गरायो बिहे

अनलाइनखबर अनलाइनखबर
२०८० असार २२ गते १९:४६

२२ असार, काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स च्याटबट च्याट जिपिटीले अब बिहे पनि गराउन थालेको छ ।

अमेरिकाको कोलोराडोमा बिहेका लागि फादर अर्थात् पादरीको अनुपस्थितिमा च्याट जीपीटीले एक जोडीको बिहे गराइदिएर इतिहास रचेको हो ।

सन् १८०० को दशकमा बनेको एक ऐतिहासिक चर्चमा उक्त कीर्तिमानी बिहे सम्पन्न भएको छ ।

मोरिसन चर्चमा भएको बेहुली ऋषि विन्च र बेहुला डेटन ट्रुटको सो विवाहमा च्याट जिपिटी एआई रोबोटले फादरको भूमिका निर्वाह गरेको थियो ।

समाचार अनुसार कोलोराडोको परम्परामा कुनै पनि जोडीले आपसी सहमतिमा कुनै अधिकारीको उपस्थिति बेगर पनि बिहे गर्न सक्दछ । सोही परम्पराको फाइदा उठाउँदै त्यो जोडीले आफ्नो बिहेमा एआई प्रविधिको प्रयोग गर्ने निर्णय गरे ।

एआई च्याटबट बाट बिहेको प्रक्रिया सम्पन्न गराउने आइडिया चाहीँ सुरुमा बेहुलीका पिता स्टिफन विन्चले निकालेका थिए ।

सो बिहेमा च्याट जीपीटीले केवल विवाह प्रक्रिया सम्पन्न मात्र गरेन उक्त बिहेमा पाहुनाहरुलाई निमन्त्रण गर्नका लागि पनि ज्याट जीपीटीकै सहयोग लिइएको थियो । बिहेमा करिब ३० जना पाहुनाहरु सहभागी भएका थिए ।

च्याटबटको प्रयोग गरेर गरिएको विश्वकै पहिलो यस विवाहका सम्बन्धमा च्याट जीपीटीले भनेको छ, ‘हामीले यो ऐतिहासिक क्षणको खुसी मनाएर सम्मानित महसूस गरिरहेका छौँ, जहाँ प्रेम र प्रविधि एक अर्कासँग जोडिएका छन् ।’

उक्त बिहेमा प्रयोग भएको च्याट जीपीटी च्याटबट युक्त एआई रोबोटलाई मुखौटा लगाइएको थियो । बिहेमा उपस्थित मानिसहरुलाई सम्बोधन गर्दै सो रोबोटले भन्यो, ‘म यहाँहरु सबैप्रति आभार व्यक्त गर्दछु, विशेष गरी जो अन्य राज्यबाट समेत आउनुभएको छ ।’

उक्त रोबोटले फादरको भूमिका निर्वाह गर्दै बेहुला र  बेहुलीलाई परम्परा अनुसार वाचा गराउनुका साथै आशीर्वाद पनि दिएको थियो ।

अनौठो त बिहेमा प्रविधिको प्रयोग गरेको ऋषि र डेटनको जोडीको प्रेम सम्बन्धको सुरुवात पनि  प्रविधिसँगै जोडिएको छ । उनीहरुबीच अनलाइन डेटिङ एपको मार्फत्‌बाटै चिनजान भएर प्रेम अंकुरण भएको थियो ।

च्याट जीपीटीलाई फादर बनाएर बिहे गर्दै अन्ततः यो जोडीले इतिहासमा नाम लेखाएको छ । बिहेमा सहभागीहरुले पनि आफूहरुका लागि उक्त क्षण अनौठो र जीवनभरका लागि स्मरणीय रहेको बताएका छन् । एजेन्सीको सहयोगमा

हेर्नुहोस् भिडियो :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?