+
+

कैलालीको गोदावरीमा खोलाले बगाउँदा बालिकाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० असार २२ गते २०:१४

२२ असार, धनगढी । कैलालीमा स्कुलबाट घर फर्किने क्रममा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ ।

जिल्लाको गोदावरी नगरपालिका-१२ मा खहरे खोलाले बगाएर स्थानीय भिमबहादुर खत्रीको ६ वर्षीया गीता खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदिप चन्दले जानकारी दिए ।

डीएसपी चन्दका अनुसार स्कुलबाट घर फर्किने क्रममा शुक्रबार बालिकालाई खहरे खोलाले बगाएको हो।

उनको खोजतलास गर्ने क्रममा बगाएको भनिएको स्थानबाट करिब २ किलोमिटर तल शव भेटिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?