+
+

फिल्म गणपतिको गीत ‘टुकी टुकी झ्याप’मा वर्षासँग मुकुनको रोमान्स

अनलाइनखबर अनलाइनखबर
२०८० असार २३ गते ९:४६

काठमाडौं । भदौ १४ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘गणपति’को गीत ‘टुकी टुकी झ्याप’ सार्वजनिक भएको छ । शुक्रबार आयोजित समारोहमा निर्माताले गीत लन्च गरे ।

गीतको भिडियोमा मुकुन भुषाल र वर्षा सिवाकोटीले नृत्य गरेका छन् । वर्षाले यो गीतमा मात्र क्यामियो रोल गरेकी हुन् । निशान भट्टराई, अनिष अधिकारी र रचना रिमालको स्वर रहेको गीतमा अनिष अधिकारीको शब्द तथा संगीत छ ।

कम्पोजर समेत रहेका अधिकारीले कुनै भट्टी पसल र जड्याहा पात्रको संवाद शैलीलाई गीतमा बुनिएको बताए । रिजाल एन्ड रिजालको प्रस्तुतिमा तयार भएको फिल्ममा भुषाल, मेनुका प्रधान, प्रकाश घिमिरे, सूर्यमाला शर्मा, राजाराम पौडेल, अन्जु महर्जन, पुष्कर गुरुङ, जयनन्द लामा, सुशिल पोखरेल लगायतका कलाकारको अभिनय छ ।

हरि लामा ‘घले’को छायांकन, कविराज गहतराजको नृत्य निर्देशन र बिपिन मल्लको सम्पादन छ । रामप्रसाद रिजालको प्रस्तुतिमा तयार भएको फिल्मको कार्यकारी निर्माता विज्ञान केसी र अरविन्द हुन् ।

सविन अधिकारीको लेखन तथा निर्देशनमा तयार भएको अधिकारी र अशिम काफ्लेको पटकथा तथा संवाद छ । श्रीराम बालाजी फिल्मस्ले यो फिल्मलाई वितरण गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?