+
+

धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० असार २४ गते ११:११
फाइल फोटो

२४ असार, जनकपुरधाम । धनुषामा खेतमा सिँचाइ गर्न जाने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको कमला नगरपालिका २ का ५५ वर्षीय सूर्यदेव ठाकुर बरही रहेको प्रहरीले जनाएको छ ।

आइतबार बिहान ५ बजे आफ्नै खेतमा धानको बीउमा मोटरबाट सिँचाइ गर्न जाँदै गर्दा अरुले बिछ्याएको विद्युतीय तारमा करेन्ट लागेर मृत्यु भएको हो ।

स्थानीय सत्यनारायण यादवले राति आफ्नै बोरिङगबाट खेतमा सिँचाइ गरी तार त्यतिकै छाडेर घर गएका थिए । सोही बाटो हुँदै ठाकुर आफ्नो खतेमा जान लागेको बेला नांगो तार भएको ठाउँमा छोएर करेन्ट लागेको स्थानीयले बताएका छन् । तार ओछयाएर छाड्ने सत्यनारायण यादव भने फरार छन् ।

शवलाई पोष्टमार्टमको लागि जनकपुरको प्रादेशिक अस्पताल राखिएको र अनुसन्धानका लागि सत्यनारायण यादवको खोजी जारी रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?