+

दक्षिण कोरियाका युवा मिडफिल्डर लि काङ पीएसजीमा

२०८० असार  २४ गते १३:०६ २०८० असार २४ गते १३:०६
दक्षिण कोरियाका युवा मिडफिल्डर लि काङ पीएसजीमा

२४ असार, काठमाडौं । फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन पीएसजीले दक्षिण कोरियाका युवा मिडफिल्डर लि काङ इनलाई अनुबन्ध गरेको छ ।

२२ वर्षीय लि काङलाई पीएसजीले स्पानिस क्लब रियल कायोर्काबाट ५ वर्षका लागि अनुबन्ध गरेको हो । उनले स्पानिस क्लबका लागि दुई वर्ष खेलेका थिए ।

काङ लि पीएसजीले यस समर ट्रान्सफरमा अनुबन्ध गरेको चौथो खेलाडी हुन् ।

पीएसजीले यसअघि मिडफिल्डर म्यानुअल उगार्टे, सेन्ट्रल डिफेन्डर मिलन स्क्रिनियर र फरवार्ड मार्को एसेन्सियोलाई अनुबन्ध गरिसकेको छ ।

लि काङले पीएसजीमा अनुबन्ध हुन पाउन गर्वको विषय भएको बताएका छन् । ‘पीएसजीमा जोडिन पाउनु अविश्वसनीय छ,’ उनले भने, ‘यो विश्वको ठुलो क्लब मध्यको एक हो । जसमा विश्वका केही उत्कृष्ट खेलाडीहरु छन् । म नयाँ सुरुआतका लागि निकै उत्साही छु ।’

लिले दक्षिण कोरियाको लागि १९ खेल खेलेका छन् । उनले २०२२ को फिफा विश्वकप पनि खेलेका थिए । क्रिस्टोफर गाल्टियरलाई बर्खास्त गर्दै स्पेन तथा बार्सिलोनाका पूर्व प्रशिक्षक लुइस एनरिकेलाई भित्र्याएपछि पीएसजी खेलाडी अनुबन्धमा सक्रिए देखिएको छ ।

पीएसजीलाई स्टार परवार्ड केलिएन एमबाप्पेको चिन्ता पनि छ । एमबाप्पेले २०२४ मा आफ्नो सम्झौता सकिएपछि सम्झौता नवीकरण नगर्ने बताइसकेका छन् ।

पीएसजी लि काङ इन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय