+
+

संसदमा प्रधानमन्त्रीको स्पष्टीकरण सुन्न एमाले तयार

अनलाइनखबर अनलाइनखबर
२०८० असार २४ गते १३:४४

२४ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले पछिल्लो विवादास्पद अभिव्यक्तिबारे प्रधानमन्त्रीको स्पष्टीकरण सुन्न तयार भएको छ । तर आत्मालोचनासहित संसदलाई आश्वस्त नपारे सदन अवरुद्ध हुनसक्ने उसले बताएको छ ।

एक पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले अफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह धेरै पटक भारत गएको विवादास्पद अभिव्यक्ति दिएका थिए । यसले संसदको अपमान गरेको भन्दै एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ ।

सहमतिको प्रयासमा प्रधानमन्त्री प्रचण्डले आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए । स्रोतका अनुसार त्यो छलफलमा एमाले प्रधानमन्त्रीको जवाफ सुुन्न तयार भएको छ ।

अब केहीबेरमा बस्ने बैठकमा एमालेले प्रधानमन्त्रीको अभिव्यक्तिबारे जवाफ माग्ने छ । त्यसपछि प्रधानमन्त्रीले जवाफ दिनेछन् ।

एमाले प्रमुख सचेतक पदम गिरीले अनलाइनखबरसँग भने, ‘आत्मालोचनासहित संसदलाई आश्वस्त पार्नुभयो भने सदन खुल्छ । भएन भने अवरोध गर्नुपर्ने हुनसक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?