+
+

जबर्जस्ती करणी मुद्दामा साढे १८ वर्ष कैदको फैसला   

अनलाइनखबर अनलाइनखबर
२०८० असार २४ गते १७:४५

२४ असार, तनहुँ । तनहुँ जिल्ला अदालतले जबर्जस्ती करणी मुद्दाका अभियुक्तलाई १८ वर्ष छ महिना कैद फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले आइतबार अभियुक्त व्यास नगरपालिका–१० निवासी यमबहादुर बिकविरुद्ध उक्त फैसला सुनाएको हो ।

यही असार १३ गते मुद्दा फैसला भएकोमा आइतबार सजाय निर्धारण भएको जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए । अदालतले बिकलाई छ लाख जरिवाना र १५ हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति बुझाउनुपर्ने फैसला गरेको छ ।

अभियुक्त बिकविरुद्ध ८ असार २०७८ मा तनहुँ जिल्ला अदालतमा जबर्जस्ती करणी मुद्दा दर्ता भएको थियो । १४ वर्षीया बालिकालाई विसं २०७७ मङ्सिर १५ गते जबर्जस्ती करणी र विसं २०७८ जेठ १३ गते गर्भपतन गराएको अभियोगमा प्रहरीले बिकलाई पक्राउ गरेको थियो । अभियुक्तले बालिकालाई विसं २०७७ मङ्सिर १५ र त्यसपछि पटक–पटक बलात्कार गरेको उजुरी परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?