+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

बुद्धि तामाङ स्टारर फिल्म ‘लुङा’को ट्रेलर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० असार २४ गते १८:१४

काठमाडौं । निर्माता ज्योतिराज राईको ब्यानर भूमिसा प्रोडक्सनले निर्माण गरेको फिल्म ‘लुङा’को ट्रेलर सार्वजनिक भएको छ । साउन ५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको साढे दुई मिनेट लामो ट्रेलर सार्वजनिक भएको हो ।

ट्रेलरमा मायाप्रेम र सामाजिक कथावस्तुलाई चित्रण गरिएको छ । किरण राईको निर्देशनमा बनेको फिल्ममा सन्जीव राई निर्माता, प्रयास घिमिरे कार्यकारी निर्माता र शान्ता पौडेल, मनिशा पाठक, मेनुका घिमिरे, कैलाश राई, टीआर साम्सोहाङ सहनिर्माता छन् ।

पूर्वी नेपालमा छायांकन गरिएको फिल्ममा बुद्धि तामाङ, भुवनसिंह राई, सारा लोहोरुङ राई, भीम शेर्मा लिम्बू, प्रकाश दाहाल, अनुप लिंगिम, सुदीपजंग कार्की, गंगबहादुर राई, सम्झना लिम्बू, रमेश बुढाथोकी, निशान लुइँटेल, स्मृति पोखरेल, सलिना गुरुङ लगायतको अभिनय छ ।

भूमिसा प्रोडक्सनसँग इस्टन मिडियाको सहकार्य रहेको फिल्ममा बादल लिम्बू र अनिश श्रेष्ठको संगीत, राजेशपायल राई, मेलिना राई, रचना रिमाल, आयुश प्रधान, नीमा तामाङको गायन, सागर अर्यालको ध्वनि संयोजन, मीना कार्कीको श्रृङ्गार, किरण राईको छायांकन तथा सम्पादन छ । भुवनसिंह राई, प्रयास घिमिरे र निश्चल सापकोटाले पटकथा लेखेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?