+
+

एसईईमा ४ जीपीए ल्याउने विद्यार्थीलाई छत्रकोटले गर्‍यो नगदसहित सम्मान

अनलाइनखबर अनलाइनखबर
२०८० असार २५ गते ७:०४

२५ असार, गुल्मी । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ ।

केही दिनअघि प्रकाशित एसईई नतिजामा ४ जीपीए ल्याएकी श्रृङ्गा जनता माध्यमिक विद्यालय छत्रकोट-४ की स्मृति कंडेललाई गाउँपालिकाले सम्मान गरेको हो ।

जिल्लाबाट उत्कृष्ट अंक ल्याएर पास हुन सफल भएको भन्दै कंडेललाई पालिका अध्यक्ष रामप्रसाद पाण्डेले नगद ३५ हजारसहित सम्मान गरे ।

कार्यक्रममा बधाई ज्ञापन गर्दै गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले सामुदायिक विद्यालय पनि उत्कृष्ट नतिजा ल्याउन सक्षम रहेको बताए ।

कंडेलको नतिजाले गाउँको सामुदायिक विद्यालयबाट पनि उत्कृष्ट अंक ल्याएर विद्यार्थी उतीर्ण हुनसक्छन् भन्ने सन्देश प्रवाह भएको उनको भनाइ छ ।

अध्यक्ष पाण्डेले विद्यालयहरुको गुणस्तर वृद्धिको लागि गाउँपालिकाले हरेक क्षेत्रमा सहयोग गर्न तयार रहेको पनि बताए ।

श्रृङ्गा जनता माध्यमिक विद्यालय सामुदायिक विद्यालयतर्फ लुम्बिनी प्रदेशमै उत्कृष्ट बनेको छ ।

यसपटक विद्यालयबाट ४५ जना विद्यार्थी माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका थिए ।

यस्तै, विद्यालयले एसईई मा २.८ जीपीए ल्याएर पालिकामै कक्षा ११ र १२ पढे पूर्णरूपमा छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?