+
+

भारतको एउटा यस्तो गाउँ, जहाँ महिलाले साउनमा कपडा लगाउँदैनन्

एजेन्सी एजेन्सी
२०८० असार २५ गते १०:५१

संसारका कतिपय ठाउँमा आज पनि यस्ता अनौठा तथा अपत्यारिला परम्पराहरु छन्, जसका बारेमा सुन्दैमा पनि अप्ठेरो लाग्दछ ।

परम्परागत समाजमा यस्ता परम्परा तथा अन्धविश्वासी प्रथाहरुबाट बढी मात्रामा महिलाहरु नै प्रभावित भएको देखिन्छ ।

हाम्रो छिमेकी मुलुक भारतमा पनि एउटै यस्तै प्रथा छ, जसले महिलाहरुलाई वर्षमा पाँच दिनसम्म कपडा लगाउन दिँदैन ।

भारतको हिमाचल प्रदेशमा पर्ने पिणी गाउँमा यस्तो अनौठो परम्परा रहिआएको छ । उक्त परम्परा अनुसार गाउँका महिलाहरुले हरेक वर्ष साउन महिनामा पाँच दिनसम्म शरीरमा कपडा नलगाइकनै बस्नु पर्दछ ।

यो प्रथाको पालना नगरेमा केही दिनमै कुनै अप्रिय घटना हुने विश्वास गाउँलेहरुमा छ । उक्त पाँच दिनसम्म आफ्नो पतिसँग बोल्दैनन् र सँगै पनि बस्दैनन् ।

साउनका ती पाँच दिनमा महिलाका लागि मात्र नभइ पुरुषका लागि समेत केही नियम
तय भएको छ । जस अनुसार पाँच दिनसम्म पुरुषहरुलाई रक्सी तथा मासुको सेवन बर्जित हुन्छ ।

आखिर साउनमा पाँच दिनसम्म महिला निर्वस्त्र बस्नुपर्ने र पुरुषले समेत रक्सी र मासु खान नहुने परम्परा कसरी चल्यो त सो गाउँमा ? यसका पछाडि एउटा किम्बदन्ती छ ।

किम्बदन्ती अनुसार धेरै पहिलो पिणी गाउँमा राक्षसहरुले आतंक मच्चाएका थिए ।

राक्षसहरुले गाउँका सिँगारपटार गर्ने तथा सुन्दर कपडा लगाउने विवाहित महिलाहरुलाई अपहरण गरेर लैजान्थे ।

राक्षसको आतंक मच्चिरहेको सोही समयमा लाहुआ घोंड नामका एकजना देवता गाउँमा आए र राक्षसको बध गरेर गाउँलाई त्रासमुक्त बनाए अनि महिलाहरुको ज्यान पनि जोगाए ।

त्यसपछि नै उक्त गाउँमा साउन महिनामा महिलाहरु पाँच दिनसम्म निर्वस्त्र बस्ने परम्परा चलेको हो ।

यद्यपि पछिल्लो समयमा आधुनिकतासँगै गाउँमा यो परम्पराको पालनामा केही कमी आएको छ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?