+
+

शोधनान्तर स्थिति २२९ अर्बले बचतमा, एक महिनामा थपियो १४ अर्ब ३१ करोड

अनलाइनखबर अनलाइनखबर
२०८० असार २५ गते १२:२४

२५ असार, काठमाडौं । नेपालबाट मुलुक बाहिर हुने कारोबार भन्दा विदेशबाट नेपाल भित्र बढी रकमको कारोबार हुँदा शोधनान्तर स्थिति २ अर्ब २९ करोड रुपैयाँले बचतमा पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार शोधनान्तर स्थितिको बचत एक महिनाको अवधिमै १४ अर्ब ३१ करोडले थप भएको छ । वैशाखसम्म २ खर्ब १४ अर्ब ६७ करोड रुपैयाँ बचतमा रहेको शोधनान्तर स्थिति जेठ मसान्तसम्म पुग्दा २ खर्ब २८ अर्ब ९८ करोडले बचतमा पुगेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा शोधनान्तर स्थिति २ अर्ब ६९ अर्ब ८१ करोड रुपैयाँले घाटामा थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति १ अर्ब ७४ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो आवको यसै अवधिमा शोधनान्तर स्थिति अमरिकी डलरमा २ अर्ब २६ करोडले घाटामा रहेको थियो ।

जेठसम्म चालु खाता घाटा ६९ अर्ब ४० करोड रहेको छ । अघिल्लो आवको यसै अवधिमा चालु खाता घाटा ५ खर्ब ९२ अर्ब १४ करोड रुपैयाँले घाटामा रहेको थियो । यस वर्ष अमेरिकी डलरमा चालु खाता घाटा ५३ करोड ६१ लाख रहेको छ । अघिल्लो आवको यसै अवधिमा अमेरिकी डलरमा चालु खाता घाटा ४ अर्ब ९३ करोडले घाटामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

पूँजीगत ट्रान्सफर अहिले ७ अर्ब ३५ करोड रुपैयाँ भएको छ । यो अघिल्लो आवको यसै अवधिको तुलनामा २२.५ प्रतिशत कम हो । खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष वैदेशिक लगानी १७ अर्ब ३५ करोड रुपैयाँ बराबरको आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?