+
+

सुन र चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

अनलाइनखबर अनलाइनखबर
२०८० असार २५ गते १२:१०

२५ असार, काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ३ सय रुपैयाँ रहेको छ । यसै मूल्यमा आइतबार समेत कारोबार भएको थियो । तेजावी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्यमा समेत थपघट भएन । सोमबार १ हजार ३९५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । आइतबार समेत यसै मूल्यमा चाँदीको कारोबार भएको थियो ।

असार पहिलो साता १ लाख १२ हजार रुपैयाँसम्म पुगेको सुनको मूल्य अहिले केही कम भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?