+
+

नेपालमा युरोप र अमेरिकाको चासो बढ्दै गएको छः नारायण खड्का

अनलाइनखबर अनलाइनखबर
२०८० असार २५ गते १७:४९

२५ असार, काठमाडौं । नेपाली काँग्रेसका सांसद एवं पूर्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले देशको राजनीति परिस्थिति सुदृढ नभई परराष्ट्र नीति बलियो हुन नसक्ने बताएका छन् ।

सोमवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले देशको राजनीति स्थायी नभएसम्म परराष्ट्र सम्बन्ध बलियो हुन नसक्ने बताए ।

उनले भने, ‘हामीले अहिले परराष्ट्र नीति जतिसुकै बनाउने कोशिस गरेपनि हाम्रो घरको राजनीतिक परिस्थिति जबसम्म राम्रो हुँदैन, स्थायी हुँदैन, तबसम्म हामीले जतिसुकै ठूला कुरा गरेपनि राम्रो बन्न सक्दैन । यसलाई हामीले राष्ट्रिय एकताको रुपमा हाम्रा नीतिहरु अघि बढाउनुपर्छ ।’

उनले राष्ट्रिय एकताको रुपमा परराष्ट्र नीतिहरु अघि बढाउन जरुरी रहेको बताए ।  उनले पररराष्ट्र मन्त्रालयले प्रत्येक दुई हप्तामा परराष्ट्र सम्बन्धित गतिविधिलाई जानकारी गराउनुपर्ने बताए । उनले नेपालमा युरोप र अमरिकाको चासो बढिरहेको बताए ।

उनले भने, ‘म मन्त्री हुँदा प्रेसका लागि प्रेस मिट हरेक दुई हप्तामा गर्दथेँ, अहिले के छ ? त्यसको अवस्था । नेपालमा युरोप र अमरिकाको चासो भयंकर बढीरहेको छ । त्यसलाई कसरी भारत र चीनसँग समस्या नपर्ने गरी अघि बढाउने ? त्यो बारेमा सोच्नुपर्छ ।’

सांसद खड्काले छिमेकी देशहरु चीन र भारतसँग सम्बन्ध नबिगारीकन अन्य देशहरुसँगको सम्बन्ध बिस्तार गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?