+
+

सेयर बजारमा ४.७३ अंकको गिरावट, कारोबार रकम २ अर्ब ८५ करोड

अनलाइनखबर अनलाइनखबर
२०८० असार २६ गते १५:४९

२६ असार, काठमाडौं । सेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ४.७३ अंकले गिरावट हुँदा २०७२.२४ को विन्दुमा बन्द भएको छ ।

मंगलबार विकास बैंक र वित्त कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ । साथै उत्पादनमूलक र म्युचुअल फण्ड उपसूचक बढेपनि अन्य अधिकांश उपसूचक घट्दा नेप्सेमा सामान्य गिरावट भएको हो ।

विकास बैंक उपसूचक ३.४२ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक २.९९ प्रतिशत, उत्पादनमूलक उपसूचक ०.३३ प्रतिशत र म्युचुअल फण्ड उपसूचक ०.३८ प्रतिशतले वृद्धि भएको हो ।

होटल तथा पर्यटन उपसूचकमा १.२६ प्रतिशतले गिरावट हुँदा हाइड्रोपावर उपसूचक १.१९ प्रतिशतले गिरावट भएको छ ।

असार मसान्तमा सेयर बजारमा लगानीकर्ता सक्रियता कम हँदा कारोबार रकम पनि घट्दै गएको छ भने बजार परिसूचक नेप्सेमा पनि खासै उतारचढाव देखिदैन । मंगलबार नेप्सेमा ५४ हजार ९४३ वटा कारोबारमा ७९ लाख ८८ हजार ९८६ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा २ अर्ब ८५ करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ ।

जसमध्ये हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक १२ करोड ७८ लाखको कारोबार हुँदा शिवम् सिमेन्टको १२ करोड ५४ लाख रुपैयाँ र सोल्टी होटलको १० करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

मंगलबार नेप्सेमा कुल २२५ सूचीकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १३८ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ७९ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ । त्यस्तै ८ कम्पनीको सेयरमूल्य स्थिर छ ।

मंगलबार कारोबारमा आएकामध्ये हिमालयन पावर पार्टनरको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको सेयरमूल्य पनि ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा पुगेको हो । यस्तै एनआईबीएल समृद्धि फण्ड २ को इकाइमूल्य १० प्रतिशतले बढेको छ ।

यता सिंगटी हाइड्रोपावरको सेयरमूल्य ५.९६ प्रतिशतले गिरावट हुँदा श्वेत गंगा हाइड्रोपावरको सेयरमूल्य ५.६९ प्रतिशत र मन्दाकिनी हाइड्रोपावरको सेयरमूल्य ५.१४ प्रतिशतले गिरावट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?