+
+

शाखा अधिकृतको पहिलो चरणको परीक्षाको नतिजा सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० असार २६ गते १८:४१

२६ असार, काठमाडौं । लोक सेवा आयोगले शाखा अधिकृत पदका लागि लिएको पहिलो चरणको परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

आयोगले यही असार १६ गते लिएको लिखित परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो । आयोगका अनुसार पहिलो चरणको परीक्षामा सहभागी भएका १५ हजार ९८४ जना परीक्षार्थीहरुमध्ये ५ हजार ९६७ जना पास भएका छन् ।

१० जना परीक्षार्थीको परीक्षा भने उत्तरपुस्तिकामा की उल्लेख नगरेकाले रद्द भएको आयोगले जनाएको छ ।

पहिलो चरणमा पास भएकाहरु साउन २५ गते हुने दोस्रो चरणको परीक्षामा सहभागी हुन पाउनेछन् ।

दोस्रो चरणको परीक्षामा छनोट भएकाहरुले साविककै प्रवेशपत्रबाट आयोगका धनकुटा, जलेश्वर, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत, र दिपायल कार्यालयहरुले तोक्ने परीक्षा केन्द्रमा मात्र सहभागी हुन पाउने छन् ।

हेर्नुहोस् शाखा अधिकृतको पहिलो चरणको परीक्षाको नतिजा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?