+
+

‘डेडपुल ३’ को छायांकन सेटबाट तस्वीर लिक, दुई सुपरहिरोबीच भिडन्त

अनलाइनखबर अनलाइनखबर
२०८० असार २७ गते १२:४०

काठमाडौं । हलिउडको प्रतीक्षित फिल्म ‘डेडपुल’को तेस्रो श्रृंखलाको छायांकन यतिबेला धमाधम भइरहेको छ । हलिउडको प्रसिद्ध मार्वल सिनेम्याटिक युनिभर्स (एमसीयू)को यो ३४ औं फिल्म पनि हो । ‘डेडपुल’ सिरिजको यो तेस्रो फिल्ममा दुई सुपरहिरो डेडपुल र वुल्भरिनबीच लडाइँ भएको दृश्य देख्न सकिन्छ ।

यो सुपरहिरो एक्सन फिल्म अर्को वर्षको मे ३ मा रिलिज हुँदैछ । अहिले यसको सुटिङ चलिरहेको छ, जहाँबाट यसका केही भिडियो र तस्वीहरु लिक भएका छन् ।

फिल्ममा डेडपुलको भूमिका निर्वाह गरेका अभिनेता रायन रेनोल्ड्सले छायांकन सेटबाट एउटा तस्वीर सामाजिक सञ्जालमा सेयर गरेका थिए । यसमा उनी अभिनेता ह्युज ज्याकम्यानसँग वुल्भरिनको भूमिकामा देखिएका थिए । यो तस्वीर सार्वजनिक भएपछि फिल्मका केही थप तस्वीर र भिडियो सामाजिक सञ्जालमा लिक भएका छन् ।

यी भिडियोमा दुवै सुपरहिरो फाइट सिक्वेन्स सुटिङ गरिरहेको देखिन्छ । दुवै जना सुपरहिरोलाई एकअर्कासँग लडिरहेको देखेर एमसीयुका फ्यान उत्साहित छन् । मेल अनलाइनले लिक गरेको भिडियोमा दुवै कलाकार सुपरहिरोको पहिरनमा देखिएका छन् । रायन रातो सुपरहिरो सुटमा हुँदा, ज्याकम्यान कमिक बुक वोल्भरिन लुकमा छन्, जसको सुट पहेंलो र नीलो छ ।

यो भिडियो सार्वजनिक भएपछि फ्यानले विभिन्न अनुमान लगाएका छन् । यो फिल्ममा यंग लोगन (वुल्भरिन)लाई डेडपुलसँग लडाइँ देखाइनेछ भन्ने दर्शकको विश्वास छ । यो फिल्मलाई शान लेवीले निर्देशन गर्दैछन् । फिल्मको कथाको विषयमा अहिलेसम्म कुनै खास जानकारी नआए पनि यो फुटेज हेरेर फ्यानहरु उत्साहित भएका छन् । डेडपुल पार्टका पछिल्ला दुई फिल्मले राम्रो प्रदर्शन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?