+
+

सीता दाहालको पशुपतिमा अन्त्येष्टि, प्रचण्डसँगै दुई छोरीले दिए दागबत्ती

अनलाइनखबर अनलाइनखबर
२०८० असार २७ गते १५:३७

२७ असार, काठमाडौं । प्रधानमन्त्री पत्नी सीता दाहालको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

उनलाई पति पुष्पकमल दाहाल प्रचण्ड र दुई छोरी रेणु र गंगाले दागबत्ती दिएका हुन् ।

दाहालको बुधबार बिहान नर्भिक अस्पतालमा निधन भएको थियो । उनको शवलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजानुअघि नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो । त्यहाँ विभिन्न राजनीतिक दलका नेता तथा उनका शुभचिन्तकहरुले श्रद्धाञ्जली दिएका थिए ।

शीर्ष नेताहरूले पशुपति आर्यघाटमा पुगेर पनि सीताप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

तस्वीरहरु : चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?