+
+

हलिउड ठूलो हड्तालको संघारमा, मध्यरातदेखि १ लाख ६० हजार कलाकारले काम रोक्दै

अनलाइनखबर अनलाइनखबर
२०८० असार २७ गते १७:४०

काठमाडौं । हलिउड लेखक दुई महिनादेखि हड्तालमा छन् । चाँडै उनीहरुको आन्दोलनमा कलाकार पनि सामेल हुन सक्ने देखिन्छ । हलिउड कलाकारको छाता संस्था स्क्रिन एक्टर्स गिल्ड र अमेरिकन फेडेरेसन अफ टेलिभिजन एण्ड रेडियो आर्टिस्ट्स (एसएजी–एएफटीआरए) को सम्झौता स्थानीय समयअनुसार १२ जुलाईको मध्यरातमा सकिंदैछ । जसको कारण ठूलो आन्दोलनको सम्भावना संघारमा छ ।

उनीहरु राइटर्स गिल्ड अफ अमेरिकाको हड्तालमा सामेल हुनेछन् । जसले डिज्नी, नेटफ्लिक्स, अमेजन र एप्पल जस्ता स्टुडियोको प्रतिनिधित्व गर्ने छाता समूह एलायन्स अफ मोसन पिक्चर एन्ड टेलिभिजन प्रोड्युसर्स (एएमपीटीपी)सँग सम्झौता गर्न असफल भएपछि मे २ मा हड्ताल थालेको थियो ।

यी दुवै संस्थाले सम्झौता वार्ता चलिरहेको बेला कुनै टिप्पणी नगर्ने बताइरहेका छन् । सन् १९६० पछि तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन कलाकार संघको अध्यक्ष हुँदा लेखक र अभिनेता दुवैको प्रतिनिधित्व गर्ने युनियनले एकै समयमा हड्ताल गरेको घटनापछि यो पहिलोपटक हुनेछ ।

हलिउडको निर्देशकहरुको छाता संस्था डाइरेक्टर्स गिल्ड अफ अमेरिकाले भने सम्झौता गरिसकेकाले उसको हड्ताल स्थगित भएको छ । स्ट्रेन्जर थिंग्स, बिलियन्स र मार्भल्स ब्लेड लगायतका लेखक हड्तालमा उत्रिएपछि दर्जनौं फिल्मको निर्माण कार्य रोकिएको छ । यदि कलाकार पनि हड्तालमा उत्रिएको खण्डमा निर्माणमा ढिलाइ हुन सक्छ र केही शो पूर्णरुपमा रोकिन सक्छन् । किनकि संस्थाले एक लाख ६० हजारभन्दा कलाकारको प्रतिनिधित्व गर्छ । जस्तै लेखक र अभिनेत्री फोबी वालर–ब्रिज, जसले हालै रिलिज भएको ‘इण्डियाना जोन्स’ फिल्मको लण्डन प्रिमियरको क्रममा हलिउड हड्ताललाई लिएर सम्बोधन गरेकी थिइन् । ‘मलाई साँच्चै आशा छ कि हामीले यो क्रमबद्ध रुपमा गर्न सक्छौं । लेखकहरू यस उद्योगका सबैभन्दा महत्वपूर्ण व्यक्ति हुन्,’ उनले भनेकी थिइन् ।

पहिले नै हडतालमा उत्रिएका लेखकप्रति लक्षित गर्दै कलाकार भन्छन्, ‘स्ट्रिमिङ प्लेटफर्मले सम्पत्तिलाई बाँडफाँट गरेका छैनन् । यद्यपि लेखकहरू तिनीहरूले मनोरञ्जन सामग्रीको अभूतपूर्व नेतृत्व गरेका छन् । स्टुडियोका कार्यकारीहरूले ठूलो तलब काटिरहेका छन्, जबकि धेरै अभिनेता र लेखकहरूले राम्रो जीवनयापन गर्न सक्दैनन् ।’

हलिउडका धेरै ए–लिस्ट कलाकारले स्टुडियोबाट ‘परिवर्तनकारी’ नयाँ सम्झौता नभएको खण्डमा हड्ताललाई समर्थन गर्नेबारे आफ्नो युनियनको पत्रमा हस्ताक्षर गरेका छन् । लस एन्जलसमा व्यापक रुपमा विपरीत पत्रमा मेरिल स्ट्रिप, मार्क रफालो, जेनिफर लरेन्स र क्विन्टा ब्रन्सन जस्ता कलाकारले हस्ताक्षर गरेका छन् । डेडलाइन म्यागजिनका अनुसार अहिले एक हजारभन्दा बढी हस्ताक्षर छन् ।

 दुवै लेखक र अभिनेताका संस्थाहरु राम्रो पारिश्रमिकको लागि मात्र होइन, उत्पादनमा कृत्रिम बौद्धिकता (एआई)को प्रयोगमा प्रतिबन्ध लगाउनुपर्ने माग लिएर पनि हड्ताल गरिरहेका छन् । उनीहरुको भनाइमा एआईको प्रयोग उनीहरुको अस्तित्वका लागि खतरा हो । अभिनेताहरू भन्छन् कि एआईले संकटको परिदृश्य सिर्जना गर्न सक्छ, जहाँ नक्कली र मृत अभिनेताको कम्प्युटरले सिर्जना गर्ने अनुहार र आवाज भविष्यका स्टारहरु बन्न सक्छन् । धेरैको विचारमा क्यामेरा क्रु, कलाकार र लेखकबिनै फिल्म निर्माण हुनु एक खराब विचार हो ।

प्रभावशाली संगीतकार र कलाकार किम गोर्डन, सोनिक युथका संस्थापक र स्क्रिन एक्टर्स गिल्ड सदस्यले एआईलाई आफ्नो संस्करण पुनर्निर्माण गर्न अनुमति दिने विचार कहिल्यै नगर्ने बताइन् । नेटफ्लिक्स कार्यालयबाहिर भेटिएकी उनले भनिन्, ‘यसको बारेमा चिन्तित हुनु महत्त्वपूर्ण छ । तर मलाई एआईले रचनात्मकतालाई कहिल्यै प्रतिस्थापन गर्दैन जस्तो लाग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?