+
+

मन्त्रीद्वय मोदी र किरातीले विशेष शोमा हेरे फिल्म ‘काँडेतार’

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३१ गते १२:२४

काठमाडौं । नेपाल-भारत सीमाको सुरक्षार्थ खटिने क्रममा घाइते र निधन भएका सुरक्षाकर्मीको परिवारलाई सघाउने उद्देश्यले फिल्म ‘काँडेतार’को विशेष प्रदर्शन गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पनि फिल्म हेरे ।

चलचित्र विकास बोर्डमा शनिबार फिल्मको तीनवटा विशेष शो भएका थिए । ती शोहरुमा समाजका विभिन्न क्षेत्रका अभियन्ता, विज्ञ र युवाले फिल्म हेरे । फिल्म हेरेपछि दुवै मन्त्रीले फिल्मको कथावस्तु, प्रस्तुतीकरण र प्राविधिक पक्षको प्रशंसा गरेको निर्माता तथा निर्देशक नवल खड्काले जानकारी दिए ।

‘मन्त्रीज्यूहरुले प्रत्येक नेपालीले हेर्नैपर्ने फिल्मको रुपमा यसलाई लिनुभयो । प्रस्तुतीकरणदेखि प्राविधिक पक्षको पनि तारिफ गर्नुभयो,’ स्क्रिनिङपछि अभिनेता समेत रहेका खड्काले अनलाइनखबरसँग भने, ‘मौलिक र देशभक्तिपूर्ण फिल्मको निर्माणमा सरकारले सघाउने वचन उहाँहरुले दिनुभयो ।’

फिल्मलाई भदौदेखि ७७ जिल्लामै विशेष शो गरिने खड्काले जानकारी दिए । यसबाहेक डायस्पोरामा समेत फिल्मको प्रदर्शन गर्ने योजना छ । फिल्मको थिएट्रिकल रिलिज चाहिं फागुन २५ गते प्रदर्शन हुने तयारीमा छ । विशेष शोबाट प्राप्त कलेक्सनको केही हिस्सा घाइते सीमा सुरक्षाकर्मीको उपचार र उनीहरुको परिवारलाई दिइने जनाइएको छ ।

नेपालको अन्तर्राष्ट्रिय सीमामा काँडेतार लगाएर सीमालाई व्यवस्थित गर्नुपर्छ भन्ने कथावस्तु बोकेको यो फिल्मलाई यसै महिना चलचित्र विकास बोर्डले स्टोरी बैंकअन्तर्गत १० लाख रुपैयाँ राशीले पुरस्कृत समेत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?