+
+

मिटरब्याजसम्बन्धी विधेयक पास गर्ने मोडेल तय गर्ने जिम्मा सचेतकहरुलाई

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३१ गते १२:५२

३१ असार, काठमाडौं। प्रतिनिधिसभामा विचाराधीन मिटरब्याजसम्बन्धी विधेयक पास गर्ने मोडेल तय गर्ने जिम्मा संसदमा रहेका राजनीतिक दलका सचेतकहरुले पाएका छन् ।

प्रतिनिधिसभाको आइतबारको सम्भावित कार्यसूचीमा मिटरब्याज सम्बन्धी विधेयकको दफावार छलफल सदनमै गर्ने र पारित गर्ने विषय समावेश छ ।

तर, मिटरब्याज सम्बन्धी अध्यादेश प्रतिस्थापन गर्न ल्याएको विधेयक अध्यादेशसँगै निष्क्रिय भएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भनाइ छ ।

सरकार र सत्तारुढ दलहरुले अध्यादेश र विधेयकलाई अलग गरेर हेर्दा अध्यादेश निष्कृय भएको तर विधेयक प्रक्रियामा रहेको बताउँदै आएको छ ।

दुइ थरी धारणलाई समेट्ने गरी छुट्टै प्रस्ताव ल्याउने विषयमा समेत दलहरुका बीचमा छलफल भएको छ । यस विषयमा आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा समेत छलफल भएको थियो ।

उक्त बैठकले मिटरब्याजसम्बन्धी विधेयक पास गर्ने सन्दर्भमा आएका सबै खाले धारणालाई समेट्ने गरी मोडेल तय गर्ने जिम्मा सचेतकहरुलाई दिएको हो । सचेतकहरु नयाँ वानेश्वरस्थित संसद भवनमै छुट्टै छलफलमा जुटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?