+
+

आर्थिक वर्षको अन्तिम दिन बैंकिङ उपसूचकमा वृद्धि हुँदा दोहोर अंकले बढ्यो नेप्से

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३१ गते १५:४४

३१ असार, काठमाडौं । आर्थिक वर्षको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकले वृद्धि भएर बन्द भएको छ । साताको पहिलो कारोबार दिन तथा आर्थिक वर्ष २०७९/८० को पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेप्से १२.१६ अंकले वृद्धि हुँदा २०९६७.०९ को विन्दुमा बन्द भएको छ ।

वित्त कम्पनी, होटल तथा पर्यटन, हाइड्रोपावर र जिवन बीमा उपसूचकमा गिरावट भएपनि बजारलाई लिड गर्ने बैंकिङ उपसूचकमा वृद्धि हुँदा नेप्से पनि बढेको हो । बैंकिङ उपसूचक १.३३ प्रतिशतले वृद्धि भएको छ भने म्युचुअल फण्ड उपसूचक २.०६ प्रतिशतले बढेको छ । यस्तै लघुवित्त उपसूचक पनि ०.९७ प्रतिशतले बढेको हो ।

अधिकांश उपसूचकमा वृद्धि हुँदा हाइड्रोपावर उपसूचक ०.७३ प्रतिशतले वृद्धि हुँदा होटल तथा पर्यटन उपसूचक ०.२२ प्रतिशत र वित्त कम्पनी उपसूचक ०.१४ प्रतिशतले गिरावट हुँदा जीवन बीमा उपसूचक ०.०६ प्रतिशतले गिरावट भएको छ ।

नेप्सेमा वृद्धि भएपनि कारोबार रकम भने घटेको छ । ३ अर्ब माथिको कारोबार भइरहेको बजारमा आइतबार भने कारोबार रकम २ अर्ब ३७ करोड ६४ लाखको कारोबार भएको छ । ३९ हजार ३७ वटा कारोकारमा ७१ लाख ८४ हजार २५४ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो । जसमध्ये शिवम् सिमेन्टको १९ करोड १३ लाखको सेयर कारोबार भएको छ । यस्तै हिमालयन लाइफ इन्स्योरेन्सको १५ करोड ६९ लाख र माउन्टेन इनर्जीको सेयर ९ करोड ८५ लाख रुपैयाँको कारोबार भएको छ ।

आइतबार नेप्सेमा कुल २२६ सुचिकृत कम्पनीको सेयर कारोबारमा आएका छन् । जसमध्ये ११७ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ९३ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । यस्तै ६ कम्पनीको सेयरमूल्य भने स्थिर छ ।

आइतबार कारोबारमा आएका कम्पनीमा ग्रामीण विकास लघुवित्तको सेयरमूल्य सर्वाधिक ९.३१ प्रतिशतले वृद्धि हुँदा सीवाईसी नेपाल लघुवित्तको सेयरमूल्य ६.०२ प्रतिशत र राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्य ५.८९ प्रतिशतले वृद्धि भएको छ । यस्तै सनराइज फोकस इक्विटी फण्डको इकाइमूल्य १० प्रतिशतले वृद्धि हुँदा एनआईबीएल ग्रोथ फण्डको इकाइमूल्य ९.९२ प्रतिशतले बढेको छ ।

यता लिवर्टी इनर्जीको सेयरमूल्य ५.९६ प्रतिशतले गिरावट हुँदा मकर जीतुवामाई सुरु हाइड्रोपावरको सेयरमूल्य ५.८३ प्रतिशतले गिरावट भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?