+
+

प्राध्यापक र शिक्षकलाई सदस्यता नदिन कांग्रेसलाई निर्वाचन आयोगको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३१ गते १८:३४

३१ असार, काठमाडौं । निर्वाचन आयोगले प्राध्यापक, शिक्षक र कर्मचारीलाई दलको सदस्यता नदिन नेपाली कांग्रेसलाई निर्देशन दिएको छ ।

सहप्राध्यापक जगत तिमिल्सिना, राजेन्द्र गौतम लगायतलाई पार्टीको सदस्यता प्रदान गरी १४औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य बनाएको भन्दै आयोगमा उजुरी गरेको थियो ।

स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक र कर्मचारीलाई सदस्यता प्रदान गरी महाधिवेशनमा सहभागी गराउनु राजनीतिक दलम्बसन्धी ऐन र विधि शिक्षक कर्मचारी सेवासम्बन्धी ऐन विपरीत भएको भन्दै आयोगले उनीहरुको क्रियाशील सदस्यता बदर गर्न निर्देशन दिएको छ ।

साथै आगामी दिनमा कानुन विपरीत हुने गरी सदस्यता नदिन र महाधिवेशनमा सहभागी नगराउनसमेत कांग्रेसलाई निर्देशन दिइएको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?