+
+

गोरखामा भरुवा बन्दुक सहित तीन जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३१ गते १९:४५

३१ असार, गोरखा । अवैध रुपमा भरुवा बन्दुक राखेको आरोपमा गोरखामा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा शहिदलखन गाउँपालिका-९ नामजुङका २४ वर्षीय सन्दीप भुजेल, ३३ वर्षीय पर्वतबाबु थापा र ४८ वर्षीय कुल बहादुर घर्ती रहेका छन् ।

शुक्रबार पक्राउ परेका उनीहरु बिरुद्ध आइतबार हातहतियार तथा खरखजाना कसूर शीर्षकमा मुद्दा दर्ता भएको डिएसपी रमेशकुमार श्रेष्ठले बताए ।

अवैध रुपमा बन्दुक लुकाएर राखेको भन्ने गोप्य सूचनाको आधारमा खोजतलास गर्दा उनीहरुको घरमा एक/एक थान भरुवा बन्दुक फेला परेको उनले जानकारी दिए । उक्त बन्दुकहरु प्रहरीले बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?