+
+

नागोयाबाट एनआरएनए जापानको अध्यक्षमा राजकुमार अधिकारीको उमेदवारी घोषणा 

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १ गते ८:२२

१ साउन, नागोया (जापान) । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानको अध्यक्षमा राजकुमार अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् ।

वर्तमान उपाध्यक्षसमेत रहेका अधिकारीले नागोयामा पत्रकार सम्मेलन गरेर आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

१५ बुँदे प्रतिबद्धतासहित उनले उम्मेदवारी घोषणा गरेका हुन् । वर्तमान कार्यसमितिमा रहेर पनि आफूले जापानमा रहेका नेपालीको सुख दुःखमा हातमालो गरेको दाबी गर्दै उनले इमान्दारितापूर्वक काम गर्ने प्रतिबद्धता जनाए ।

जापानको नागोया क्षेत्रबाटै आईसीसी सदस्य दीपक कार्कीले पनि यसपटक एनसीसीको अध्यक्षमा उम्मेदवारी दिने चर्चा छ ।

तर, अधिकारी र कार्कीले नागोयाबाट आफूहरू एक भएर अघि बढ्ने सन्देश दिने प्रयास गरेका छन् । अधिकारीले आफूहरू मिले जाने बताए भने सँगै रहेका कार्कीले पनि आफूहरु एक भएर अघि बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?