+
+

नयाँ आर्थिक वर्षमा लगानीकर्ता उत्साहित, सेयर बजारमा हरियाली

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १ गते १५:२१

१ साउन, काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दिन सेयर बजारमा हरियाली छाएको छ । ४७.०७ अंकले बढेको बजार २१४४.१६ विन्दुमा उक्लियो । यो २.२४ प्रतिशतको वृद्धि हो । म्युचुअल फण्डबाहेक सोमबार सबै उपसूचकहरु हरियो देखिए ।

सबैभन्दा धेरै (४.१४ प्रतिशत) विकास बैंकका लगानीकर्ताले कमाए । वित्त, होटल एण्ड टुरिजम र बैंकिङ सव इण्डेक्समा समेत लगानीकर्ताको आकर्षण देखियो । सोमबार २५७ धितोपत्रको ५० हजार २९९ वटा कारोबारबाट ७६ लाख ३४ हजार १९० कित्ता सेयर किनबेच भएको छ । सोमबार कारोबार रकम भने २ अर्ब ५६ करोड १ लाख ९१ हजार २८८ रुपैयाँ बराबरको भएको छ ।

बीपीडब्यू लघुवित्त वित्तीय संस्था, युनाइटेड अजोड इन्स्योरेन्स र अभियान लघुवित्तको कारोबार आज सकारात्मक सर्किट लेवलमा भएको छ । कुमारी धनवृद्धि योजना, सानिमा ग्रोथ, सानिमा लार्ज क्याप फण्डसहितका धितोपत्रको मूल्य धेरैले घटेको छ ।

सोमबार शिवम् सिमेन्ट, हिमालयन लाइफ इन्स्योरेन्स, साइन रेसुंगा विकास बैंक, सोल्टी होटलसहितका धितोपत्रको धेरै कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?