+
+

नेपाल एयरलाइन्सले एक वर्षमा तिर्‍यो पौने ४ अर्ब ऋण

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १ गते १७:०७

 

१ साउन, काठमाडौं । नेपाल एयरलाइन्सले एक वर्षमा सावाँ र ब्याज गरी पौने ४ अर्ब रुपैयाँ ऋण तिर्न सफल भएको छ । नेपाल एयरलाइन्सले आर्थिक वर्ष २०७९/८० मा सावाँ र ब्याज गरी ३ अर्ब ७७ करोड ३७ लाख रुपैयाँ ऋण भुक्तानी गरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

उनका अनुसार नेपाल एयरलाइन्सले २ न्यारोबडी र २ वाइडबडी जहाज किन्न ल्याएको ऋण दायित्वमध्ये ३१ असारका दिन मात्र ८३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ तिरेको छ । यो रकम कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषलाई भुक्तानी गरिएको हो ।

यसअघि निगमले २०७९ असारदेखि २०७९ चैतसम्म २ अर्ब ९४ करोड २८ लाख ६५ हजार सावाँ/ब्याज भुक्तानीमा खर्च गरेको थियो ।

निगमको व्यापार विस्तार तथा आम्दानीमा सुधार भएको र यसले पुराना बक्यौता तिर्न र दुई कोषलाई किस्ता तिर्न सहज भएको बताएको छ ।

निगमले आफ्नै स्रोतबाट ३ वटा नयाँ जहाज दुर्गम भेगमा उडाउने गरी खरीद प्रक्रिया अगाडि बढाएको बताएको छ । यसबाट भाडा दर सन्तुलन हुने तथा राष्ट्रिय उत्तरदायित्व बहनमा समेत निगमले भूमिका खेल्ने प्रवक्ता पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?