+
+

रूस–क्रिमिया जोड्ने पुलमा विस्फोटसँगै पुटिनको चेतावनी- बदला लिन्छौं

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २ गते ८:२७
Photo Credit : Pic: Investigative Committee of Russia/Reuters

२ साउन, एजेन्सी । क्रिमियालाई रुससँग जोड्ने पुलमा विस्फोट भएपछि रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले बदला लिने बताएका छन् । पुटिनले युक्रेनको ‘आतङ्ककारी कारबाही’ मा पुलमा गम्भीर क्षति पुगेको प्रतिक्रिया दिएका छन् ।

उनले रूसी सेनाले पुलमा युक्रेनी हमलाको उचित जवाफ दिने तयारी गरिरहेको बताए । विस्फोटबाट क्षतिग्रस्त पुल सैन्य सामग्री ढुवानीका दृष्टिकोणले महत्वपूर्ण रहेको छ उक्त पुल रूसले निर्माण गरेको थियो ।

पुटिनले पुलको सुरक्षा व्यवस्था कडा गर्न र रणनीतिक र महत्वपूर्ण यातायात सुविधाको सुरक्षाका लागि विशेष प्रस्तावहरूको अपेक्षित रहेको बताए ।

रुसले पुलको पानी मुनिको भागमा समुद्री ड्रोनले हमला गरिएको उल्लेख गर्दै आक्रमणमा एक दम्पतीको मृत्यु भएको र उनीहरूको छोरी घाइते भएको जनाएको छ।

आक्रमणपछि रूसले एक विज्ञप्ति जारी गर्दै पुलमा विस्फोट र अन्न निर्यात सम्झौता रद्द गर्ने निर्णयबीच कुनै सम्बन्ध नभएको स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?