+
+

काठमाडौंबाट दुबई जान लागेका लेबनानका नागरिक १० हजार अमेरिकी डलरसहित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २ गते १३:१५

२ साउन, काठमाडौं । काठमाडौंबाट दुबई जान लागेका लेबनानका एक जना नागरिक १० हजार अमेरिकी डलरसहित पक्राउ परेका छन् ।

नेपाल एयरलाइन्सको उडानबाट दुबई जान लागेका ४२ वर्षीय एल यमन महमदलाई आइतबार राति १० हजार अमेरिकी डलरसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनीमाथि अमेरिकी डलर अवैध रुपमा बाहिरी मुलुक लैजान लागेको आरोप छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनले झोलामा लुकाएर लैजान लागेको १ सय दरका १ सय थान अमेरिकी डलर फेला परेको प्रहरीको भनाइ छ ।

उनलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि सोमबार राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?