२ साउन, काठमाडौं । काठमाडौंबाट दुबई जान लागेका लेबनानका एक जना नागरिक १० हजार अमेरिकी डलरसहित पक्राउ परेका छन् ।
नेपाल एयरलाइन्सको उडानबाट दुबई जान लागेका ४२ वर्षीय एल यमन महमदलाई आइतबार राति १० हजार अमेरिकी डलरसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।
उनीमाथि अमेरिकी डलर अवैध रुपमा बाहिरी मुलुक लैजान लागेको आरोप छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनले झोलामा लुकाएर लैजान लागेको १ सय दरका १ सय थान अमेरिकी डलर फेला परेको प्रहरीको भनाइ छ ।
उनलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि सोमबार राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको छ ।
प्रतिक्रिया 4