+
+

वाणिज्य बैंकमा लगानीकर्ताको आकर्षणले बढ्यो नेप्से, कारोबार रकम पनि वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २ गते १५:३१

२ साउन, काठमाडौं । नयाँ आर्थिक वर्ष लागेपछिको लगातार दोस्रो दिन पनि सेयर बजारमा वृद्धि भएको छ । साताको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ९.९१ अंकले वृद्धि हुँदा २१५४.०७ को विन्दुमा बन्द भएको छ ।

सोमबार ४७.०७ अंकको उच्च वृद्धि भएको नेप्से बढ्ने क्रमले लगातार तेस्रो दिन पनि निरन्तरता पाएको हो । गत बिहीबार पनि नेप्से दोहोरो अंकले बढेको थियो । विकास बैंक, वित्त कम्पनी, होटल तथा पर्यटन र हाइड्रोपावर सहितको उपसूचकमा गिरावट भएपनि बजारलाई लिड गर्ने बैंकिङ उपसूचकमा वृद्धि हुँदा नेप्से पनि बढेको हो ।

कर्जा असुलीमा समस्या झेलीरहेको बैंकहरुको असुली असारमा केही सुधार भएको समाचारहरु आउँदा नेप्से बैंकिङ क्षेत्रमा लगानीकर्ताको आकर्षण देखिएको हो । मंगलबार बैंकिङ उपसूचक १.०८ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै उत्पादनमूलक उपसूचक १.३६ प्रतिशत र निर्जीवन बीमा उपसूचक १.५५ प्रतिशतले वृद्धि भएको छ ।

यता होटल तथा पर्यटना उपसूचकमा १.४५ प्रतिशतले गिरावट हुँँदा विकास बैंक उपसूचक पनि ०.८८ प्रतिशतले गिरावट भएको छ । मंगलबार नेप्सेसँगै कारोबार पनि बढेको छ । सोमबारको तुलनामा कारोबार रकम करिब १ अर्ब भन्दा माथिले वृद्धि भएर ३ अर्ब ५४ करोड ८८ लाख पुगेको छ । सोमबार २ अर्ब ५६ करोड १ लाखको कारोबार भएको छ । जसमध्ये स्वालम्बन लघुवित्तको सेयर सर्वाधिक २१ करोड ७७ लाखले कारोबार हुँदा शिवम् सिमेन्टको १७ अर्ब ९९ करोडको कारोबार हुँदा हिमालयन लाइफ इन्स्योरेन्सको १५ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ ।

मंगलबार नेप्सेमा कुल २१७ सूचीकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये बिडिडब्लु लघुवित्तको सेयरमूल्य १० प्रतिशत र युनाइटेड अजोड इन्स्योरेन्सको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । त्यस्तै शुभम् पावर कम्पनीको सेयरमूल्य ८.८९ प्रतिशशतले बढेको हो ।

यता हिमालयन उर्जा विकास कम्पनीको सेयरमूल्य ३.६५ प्रतिशतले गिरावट हुँदा विन्धवासीनी हाइड्रोपावरको सेयरमूल्य ३.२६ प्रतिशत र ग्रिन भेञ्चर लिमिटेडको सेयरमूल्य ३.१६ प्रतिशतले गिरावट भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?