+
+

बाजुरामा कुर्सीमा बसेको अवस्थामा मृत भेटिए कर्मचारी

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २ गते १६:५०

२ साउन, धनगढी । बाजुरामा कुर्सीमा बसेको अवस्थामा एक जना कर्मचारी मृत भेटिएका छन् ।

मृत भेटिनेमा बूढीनन्दा नगरपालिकाका कृषि शाखा प्रमुख अन्दाजी ५५ वर्षीय जयलाल दानी रहेको प्रहरीले जनाएको छ ।

बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र बोहराले दानी बूढीनन्दा नगरपालिका–२ कोल्टीमा आफ्नै सरकारी निवास अगाडि कुर्चीमा बसेको अवस्थामा मंगलबार बिहान मृत भेटिएको जानकारी दिए ।

उनकाअनुसार नगरपालिकाकै कर्मचारीले दानीका बारेमा प्रहरीलाई जानकारी गराएका थिए ।

बूढीनन्दा नगरपालिका–७ पाण्डुसैन स्थायी घर भएका दानी नगरपालिकाले निवास प्रयोजनका लागि भाडामा लिएको घरमा बस्दै आएका थिए ।

उनको शव परीक्षणका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?