+
+

बैंकिङ क्षेत्रमा लगानीकर्ताको आकर्षण कायमै, लगातार चौथो दिन पनि बढ्यो नेप्से

३ अर्ब माथिको कारोबार

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३ गते १५:३४

३ साउन, काठमाडौं । सेयर बजारमा लगातार चौथो कारोबार दिन पनि वृद्धि भएको छ । गत आर्थिक वर्षको अन्तिम कारोबार दिन ३१ असारमा दोहोरो अंकले बढेको नेप्से यो आर्थिक वर्ष लागेपछिको लगातार तीन दिनसहित चौथो दिन पनि बढेको हो ।

बुधबार नेप्से ११.१७ अंकले वृद्धि हुँदा २१६५.२५ को विन्दुमा बन्द भएको छ । ३० असारमा २०८४.९३ को विन्दुमा बन्द भएको नेप्से त्यसपछिको चार दिनमा ८०.३२ अंकले बढेको हो ।

बजारलाई लिड गर्ने बैंकिङ क्षेत्रमा नै लगानीकर्ताको आकर्षण कायम रहँदा लगातार चौथो दिन पनि नेप्से बढेको छ ।

होटल तथा पर्यटन, हाइड्रोपावर, बीमा, लघुवित्त लगायतका अधिकांश उपसूचकमा गिरावट भएपनि बुधबार बैंकिङ उपसूचकले नेप्से बढाएको हो । बैंकिङ उपसूचक २.३१ प्रतिशतले वृद्धि हुँदा विकास बैंक उपसूचक १.२२ प्रतिशत र उत्पादनमूलक उपसूचक १.१४ प्रतिशतले बढेको छ । यस्तै व्यापार उपसूचक ४.८३ प्रतिशतले वृद्धि भएको हो ।

नेप्से बढ्दै जाँदा लगातार दोस्रो दिन पनि ३ अर्ब माथिको कारोबार भएको छ । सोमबार नेप्सेमा करिब ५० अंकको वृद्धि हुँदा पनि २ अर्ब ५६ करोडमा सीमित भएको कारोबार रकम मंगलबार साढे ३ अर्ब नाघेको थियो । बुधबार नेप्सेमा ५१ हजार ४४५ वटा कारोबारमा ८६ लाख ७४ हजार १०० कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ३ अर्ब ३४ करोड ८७ लाखको कारोबार भएको छ । जसमध्ये युनाइटेड अजोड इन्स्योरेन्सको २३ करोड ५७ लाखको कारोबार हुँदा एनआईसी एशिया बैंकको १४ करोड ७१ लाख रुपैयाँ र शिवम् सिमेन्टको १३ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको हो ।

बुधबार दिनभर नेप्सेमा कुल २१७ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १३१ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै ७३ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा १३ कम्पनीको सेयरमूल्य स्थिर छ । बुधबार कारोबार भएकामध्ये बीपीडब्लु लघुवित्तको सेयरमूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा विशाल बजार कम्पनीको सेयरमूल्य ७.१६ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको सेयरमूल्य ६.५५ प्रतिशतले वृद्धि भएको हो ।

एनआईबीएल समृद्धि फण्ड २ को इकाइमूल्य ९.६४ प्रतिशतले गिरावट भएको छ । त्यस्तै सूचीकृत कम्पनी तर्फ सिर्जनशील लघुवित्तको सेयरमूल्य सर्वाधिक ३.८६ प्रतिशतले गिरावट हुँदा सामलिङ पावर कम्पनीको सेयरमूल्य ३.८३ प्रतिशतले गिरावट भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?