+
+

गगनलाई सुरेन्द्र पाण्डेको कटाक्ष : देउवा डुबे तपाईं पनि डुब्नुहुन्छ

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ४ गते ११:५५

४ असार, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महामन्त्री गगन थापाले अतिरञ्जित कुरा गरेको बताएका छन् ।

केन्द्रीय समितिको तेस्रो दिन चलिरहेको बैठकको प्रारम्भमा बोल्ने क्रममा पाण्डेले संसदीय दलको नेता परिवर्तन गर्नुपर्ने थापाको बोलीप्रति लक्षित गरेका हुन् ।

थापाले संसदीय दलको नेताको विकल्प खोज्नुपर्ने बताउँदै आएका छन् ।

‘विधानको अभ्यास गर्न कसैले रोक्न सक्दैन । सभापतिले पनि सक्नुहुन्न । कसैले पनि सक्दैन । त्यो कुन बेला कुन समयमा प्रयोग गर्ने हो । त्यो गरौं,’ थापा लक्षित बोलीमा पाण्डेले भने, ‘त्यसमा आपत्ति छैन । पाइन्छ, गर्ने पनि हो सकिन्छ भने । गर्ने कुरालाई भनेर मात्रै अतिरञ्जित नगरौं ।’

पार्टीका प्रतिनिधि सभाका २५ प्रतिशत सदस्यले माग गरेमा संसदीय दलको नेताका लागि चुनाव हुने व्यवस्था छ । विधानको व्यवस्था कार्यान्वयन गर्न सकिने तर बाहिर बोल्दै हिँड्न नहुने पाण्डेको तर्क छ ।

‘पार्टीको नेगेटिभ भ्रम फैलिने गरी अतिरञ्जित नगरौं । शेरबहादुर देउवा डुबेपछि गगन थापा पनि डुब्नुहुन्छ, सुरेन्द्र पाण्डे पनि डुब्छ । सबै एउटै डुंगामा छौं । यो डुंगालाई पार लाउन कठिन छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?