+
+

कांग्रेस बैठकमा अजयबाबुको प्रश्न : बालकृष्ण खाँण रोज्ने कि सरकार ?

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ४ गते १२:२४

४ साउन, काठमाडौं । नेपाली कांग्रेसको बैठकमा पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने आवाज उठेको छ ।

तीनदेखि जारी बैठकमा खाँणको निलम्बनको पक्षमा बोल्ने केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी पहिलो बनेका छन् ।

‘बालकृष्ण खाँणलाई अदालतले पूर्पक्षका लागि थुनामा पठाएको छ । सभापति ज्यू, हाम्रो द्धिविधा अचम्मकै छ,’  शिवाकोटीले बैठकमा भने, ‘खाँणप्रति अन्याय भयो भन्ने हो भने यो सरकारबाट हट्नुपर्‍यो । होइन भने आरोपीलाई पार्टीबाट निलम्बन गर्नुपर्छ कि पर्दैन ?’

भ्रष्टचारको विषयमा बैठकबाट पनि भ्रमपूर्ण सन्देश प्रवाह हुन नहुने बताएका छन् । ‘सरकार र साथी मध्ये के रोज्ने हो यो बैठकले टुंगो लगाउनुपर्दछ,’ शिवाकोटीले भने ।

यसअघि बुधबारको बैठकमा लक्ष्मी खतिवडा र राधा घलेले खाँणको पक्ष लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?