+
+

मौद्रिक नीति अगाडि लगानीकर्ता पर्ख र हेरको अवस्थामा, नेप्सेमा सामान्य गिरावट

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ४ गते १५:२१

४ साउन, काठमाडौं । मौद्रिक नीति अगाडि लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहँदा साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट आएको छ ।

दिनभर उतारचढावको अवस्थामा रहेको बजार १.३१ अंकले घटेर २१६३.९२ विन्दुमा झरेको छ । यो ०.०६ प्रतिशतको मात्र गिरावट हो । घट्दो बजारमा पनि व्यापार, उत्पादन तथा प्रशोधन उपसूचकका लगानीकर्ताले कमाए । व्यापार उपसूचक ६.३५ प्रतिशतले बढेको छ ।

बिहीबार २६४ धितोपत्रको ५४ हजार ९५४ कारोबारबाट ८४ लाख २४ हजार १०८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ ।

विशाल बजार कम्पनी र लिवेट्री इनर्जीको कारोबार सकारात्मक सर्किट लेवलमा भयो । अपर हेवाखोला, बोटलर्स नेपाल, दोल्ती पावर कम्पनीसहितका धितोपत्रको मूल्य पनि धेरैले बढेको छ ।

सिटिजन्स म्यूचअल फण्ड र कुमारी इक्विटी फण्डको मूल्य नकारात्मक सर्किट लेवलमा घट्यो । शिवम् सिमेन्ट, सोल्टी होटल, हिमालयन लाइफ इन्स्योरेन्स, ज्योती विकास बैंकको धेरै कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?